सोलुखुम्बु - सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तुलनामा भदौ महिनामा याे क्षेत्र भमण गर्नेको सङ्ख्या ८४ दशमलव २९ प्रतिशतले वृद्धि भएको हो ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्क अनुसार साउनमा २ सय ८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । तर भदौमा १ हजार ३ सय २५ जनाले सगरमाथा क्षेत्र भ्रमणका लागि भ्रमण अनुमति लिएका निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिनुभयो ।
भदौमा भ्रमण अनुमति लिनेमा ...
काठमाडौं, २७ पुस । चिसो बढेसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यो वर्ष २५ हजार ३७ जना स्वदेशी तथा विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेर फर्किएका छन् । जुन गत वर्षभन्दा ७० प्रतिशत बढी रहेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच […]
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले परिवारका सदस्यसहित सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सोमबार नेपालका लागि अमेरिकी दूतावासको सामाजिक सञ्जालमार्फत राजदूत थमसन परिवारले हेलिकोप्टर मार्फत सगरमाथा क्षेत्र भ्रमण गरेको तस्बिर
सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्यामा ७० दशमलव १७ प्रतिशतले वृद्धि भएको पाइन्छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार गत आवको पहिलो पाँच महिनामा सात […]
सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण
विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू सिजन सकिएसँगै सुनसान बनेका छन् । पर्यटनको मध्य सिजनमा धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौधौ परेका होटल व्यवसायीहरू समेत यतिखेर फुर्सदिला बनेका छन् । खुम्बु क्षेत्र भित्रिने पर्यटकको सङ्ख्या बढ्दा पर्यटकको भारी बोक्ने खच्चड
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुन थालेको छ । पछिल्लो एक महिना असोजमा मात्रै १२ हजार ४ सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था छ । सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने […]
सोलुखुम्बु – अफसिजन (बेमाैसम) मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या बढेकाे छ । विगतका वर्षहरूमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
गएकाे वर्ष यही समयमा दैनिक दुई/तीन जना विदेशी पर्यटक मात्रै भ्रमणका लागि आउने गरेकाे खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेका निकुञ्जको तथ्याङ्क छ । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्ववारीका अछामीका अनुसार अहिले दैनिक तीन वटासम्म हवाई उडान ...
काठमाण्डौ – सरकारले दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्ने गरी सडक मार्ग बनाउने घोषणा गरेको छ ।
सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरेर दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने अवस्था बनाउने बताउनुभएको हो ।
उहाँले सगरमाथा क्षेत्रमा जाने अहिलेका सडक मार्ग सुधारको कमसमेत गर्ने बताउनुभयो ।