सुनसरीमा चार क्षेत्र : गच्छदार र चौधरीको प्रतिस्पर्धा रहेको क्षेत्र बढी चर्चामा

सुनसरी - सुनसरीमा प्रतिनिधि सभाका लागि चारवटा क्षेत्र रहेकोमा क्षेत्र नम्बर १ मा एमाले–जसपाबाट अशोक राई र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो उम्मेदवार छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सीताराम मेहता र एमालेका भीम आचार्य चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी पुनः प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियत प्...

सम्बन्धित सामग्री

निर्वाचन ब्याटल : तेस्रो भिडन्तमा गच्छदार र चौधरी

विराटनगर :  मंसिर ४ को निर्वाचनमा चासोको क्षेत्र बनेको सुनसरी क्षेत्र नम्बर  ३ का कांग्रेस नेता विजयकुमार गच्छदार र एमाले नेतृ भगवती चौधरी पनि अन्य उम्मेदवारहरू जस्तै यतिबेला आफ्ना क्षेत्रका मतदाताहरू माझ पुगेर भोट माग्न व्यस्त छन्।तेस्रो पटक गच्छदार र चौधरी  चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। २०७४ को निर्वाचनमा झिनो मतले जितेका गच्छदार यो निर्वाचनमा पनि जित हासिल गर्ने दाउमा छन्। भने, अघिल्लो निर्वाचनको हार जितमा बदल्ने कसरतमा चौधरी लागि परेकी छिन्।जित्ने दौडमा पुनः च

विजय गच्छदार, प्रभु साहलगायतलाई राहत

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार, प्रभु साहसहित नौजनाविरुद्ध परेको रिट खारेज गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले आज रिट खारेज गरेको हो ।  सुनसरी ३ बाट उम्मेदवारी...

विजय गच्छदार उठ्लान चुनाव ? कानुनले रोक्छ कि रोक्दैन ?

सत्तामा बस्ने बानी परेका गच्छदार कांग्रेसमा पुनः विलय भएपछि भने राजनीतिक शक्ति क्षीण हुँदै गयो । संसदीय राजनीतिमा चतुर खेलाडीको रूपमा चिनिने गच्छदार पछिल्लो समय राजनीतिको मूल ‘रेस’ भन्दा बाहिर देखिन्छन् ।

दुई मतले हारे विजयकुमार गच्छदार

काठमाडौँ – वर्तमान समितिमा उपसभापति रहेका विजयकुमार गच्छदार नयाँ कार्यसमितिका लागि कांग्रेसमा भएको चुनावमा उपसभापतिमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेता पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए । गच्छदार भने दुई मतले पराजित भएका हुन् । सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका उनी तेस्रो […]

गच्छदार र आलमको तस्वीरसहित युवा संघको प्रदर्शन (फोटो फिचर)

३१ असार, काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले कांग्रेस नेता विजयकुमार गच्छदार र अफताब आलमको तस्वीरसहित प्रदर्शन गरेको छ । त्यसक्रममा युवा संघका कार्यकर्ताहरुले गच्छदार र आलमको तस्वीरमा जुत्ताको माला समेत लगाएपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । गच्छदार र आलमलाई भ्रष्टाचारी भन्दै […]

गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनी बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपिरहेका छन्। विशेष अदालतको आजको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो पटकपटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेपछि गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो। देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै गच्छदार आज अदालतमा आत्मसमर्पण गरेका थिए।

गच्छदार विशेष अदालतमा हाजिर भए

काठमाडौं, ३० असार । ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेसका उपसभापति विजयकुमार गच्छदार आज विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माग २२ गते गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

पूर्वमन्त्री विजय गच्छदार विशेष अदालतमा हाजिर

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व मन्त्री विजयकुमार गच्छदार विशेष अदालत काठमाडौँमा हाजिर भएका छन् । उनी आज बिहान १० बजे अदालतमा उपस्थित भएको विशेष अदालत स्रोतले जानकारी दिएको छ । सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधवार बिहान विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरुपयोग […]

देउवा प्रधानमन्त्री भएको भोलिपल्टै गच्छदार विशेष अदालतमा हाजिर

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकणरमा मुछिएका गच्छदार फरार थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार रहेका गच्छदार बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन्। अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको […]

विजय गच्छदार विशेष अदालतमा हाजिर

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज बिहान अदालतमा पुगेका हुन्।ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व-उपप्रधानमन्त्री समेत रहेका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए।आज अदालतमा पुगेका गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी भएको विशेष अदा