त्रिभुवन विमानस्थल भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा २ अर्ब बढी राजस्व संकलन

माघ ३, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ को ६ महीनाको अवधिमा कुल रू. १३ अर्ब ५६ करोड राजस्व संकलन गरेको छ ।  यस अवधिको लागि कार्यालयलाई तोकिएको राजस्व असुली लक्ष्य रू. ११ अर्ब ७२ करोडको तुलनामा संकलित राजस्व ११५ दशमलव ७ प्रतिशत हुन आउँछ ।  त्यसैगरी, गत आर्थिक वर्ष २०७७/७८ को प्रथम ६ महीनाको कार्यालयले गरेको राजस्व असुली रू. ८ अर्ब ४ करोडको तुलनामा चालू वर्षको सोही अवधीको राजस्व असुली ६८ दशमलव ६ प्रतिशतले वृद्धि भएको हो ।  पछिल्लो अवधिमा विशेषगरी विदेशबाट आयात हुने वस्तुको भन्सार जाँचपास गर्दा मूल्यांकनमा गरिएको सुधार एवम् यात्रुले ल्याउने सुन तथा सुनका गहना र मोबाईलको प्रभावकारी नियमनले गर्दा नै राजस्व असुलीमा यस किसिमको सफलता प्राप्त हुन सकेको हो ।  साथै, कर्मचारीको कार्यक्षमतामा अभिवृद्धि गर्नका लागि कार्यालयले आयोजना गरेका विभिन्न तालिमको कारणले पनि उनीहरूको कार्य सम्पादनमा बढोत्तरी हुँदै गएको छ ।

सम्बन्धित सामग्री

अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

७ चैत, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय एक महिनादेखि प्रमुखविहीन छ । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि ६ फागुनदेखि सम्वेदनशील मानिने भन्सार कार्यालय निमित्त प्रमुखकै भरमा चलिरहेको छ । कार्यालयको प्रमुख भन्सार प्रशासकमा सरुवा भएका सहसचिव सेवन्तक पोखरेल कार्यालयमा हाजिर नहुने अडानमा अडिग छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले समेत पोखेरललाई […]

त्रिभुवन विमानस्थल भन्सारमा जान सहसचिव पोखरेलको अटेरी

७ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखविहीन भएको छ । सहसचिव सेवन्तक पोखरेलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुखका रुपमा हाजिर हुन आनाकानी गरेका छन् । अर्थ मन्त्रालयका अधिकारीहरुले सल्लाह नगरी विमानस्थल भन्सार कार्यालयमा सरुवा गरेको भन्दै पोखरेल असन्तुष्ट छन् । मन्त्री डा. प्रकाशशरण महतले १९ […]

१४ किलो सुन प्रकरणको छानबिन गर्न समिति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार राति बरामद गरिएको करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले आज छ सदस्यीय छानबिन समिति गठन गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा उक्त समिति गठन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त समितिमा प्रहरी नायब उपरीक्षक प्रकाश …

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिए

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेयले लिएका छन्। पछिल्लो तीन सातादेखि बिदामा बसेका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई मन्त्रालयमा सरूवा गरेर पाण्डेयलाई जिम्मेवारी दिएको हो। मन्त्रिस्तरीय बैठकले पाण्डेयलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र पोखरेललाई अर्थ मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको हो। पाण्डेय यसअघि निजामती किताबखानाका प्रमुख थिए। यही साउन ७ […]

अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ

अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । दोहाबाट कतार एयरवेजको विमानबाट नेपाल आएका  सप्तरीको मौवावेल्हीका ३६  वर्षीय एमडी सौकात अलीलाई प्रहरीले पक्राउ गरेको हो।  चेकजाँचको क्रममा उनको साथबाट सात लाख अन्ठानब्बे हजार नौ सय त्रिसट्ठीरुपैयाँ बराबरको  बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

विदेशबाट आउँदा यी सामान यति परिमाणसम्म ल्याउन पाइन्छ, नत्र जफत होला है !

काठमाडौं- खाडीबाट आउने नेपालीलाई तोकिएको सिमाभित्रै रहेर सुन बोकाएर पठाउने र नेपालमा संकलन गर्ने क्रम तीव्र बनेपछि पछिल्ला दिनहरुमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीले त्यसमा कडाइ गरिरहेका छन्। हाल विदेशबाट आउने नेपालीले व्यक्तिगत प्रयोगका ५० ग्रामसम्मको सुन ल्याएमा भन्सार तिर्नु पर्दैन तर त्यसभन्दा माथि २ सय ग्रामसम्म भएमा भन्सार तिर्नुपर्छ। दुई सय ग्रामभन्दा पनि […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो ।  सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ,  धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् ।  फरक–फरक उडानबाट काठमाडौं

पंखा र स्पिकरमा सेट गरेर ल्याएको सुन विमानस्थलबाट बरामद

पंखा र स्पिकरमा सेट गरेर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।दुवईबाट ल्याएको ८ सय ६१ दशमलव ८२ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीले बरामद गरेको हो ।वायुसेवा निगमको उडानबाट सुन लिएर आउने धादिङ खनियावास–१ घर भएका सन्दिप तामाङलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले रातोपाटीलाई बताए ।स्पिकर र पंखामा सेट गरिएका दुईवटा बिस्कुट र एक थान सुनको बाला लिएर सन्दिप काठमाडौं ओर्लिएका थिए । अवैध तरिकाले सुन ल्याएको ब

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी पाण्डेयलाई

अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव डा. टोकराज पाण्डेयलाई दिएको छ।

त्रिभुवन विमानस्थलका नासु शाक्य घुससहित पक्राउ

त्रिभुवन विमानस्थल,भन्सार कार्यालय,गौचर काठमाडौंमा करार सेवामा कार्यरत नायव सुब्बा राजदीप शाक्य घुससहित रंगेहात पक्राउ परेका छन्।अख्तियार