भारतलाई ८ अर्ब ३२ करोडको विद्युत् बिक्री, ५ अर्ब ३६ करोडको खरिद

नेपाल विद्युत् प्राधिकरणले गत ६ महिना (साउनदेखि पुससम्म) मा बिजुली बिक्री गरेर ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ । सुक्खायाम लम्बिएर आयात बढाउनु परेपछि त्यसबापतको रकम समेत बाहिरिएको छ । अर्थात् चालु आर्थिक वर्षको हालसम्ममा विद्युत् आयात गर्दा ५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित सामग्री

भारतले नेपाललाई पौने ९ अर्ब अनुदान दिने

भारतका वित्त मन्त्री निर्मला सीतारमणले वित्त वर्ष सन् २०२३/२४ का लागि बुधबार प्रस्तुत गरेको बजेटमा ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड रूपैयाँ) विनियोजन गरिएको छ।...

राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा ५ अर्ब २१ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु.५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको बैंकले जनाएको छ । आव २०७८/७९ को बैंकको खुद ब्याज आम्दानी रु.९ अर्ब ६७ करोड (गत वर्ष रु.८ अर्ब २४ करोड), कुल संचालन आम्दानी रु.११ अर्ब २७ करोड (गत वर्ष रु.९ अर्ब ७६

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५ अर्ब २१ करोड

नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित गरेको छ । बैंकले यस अवधिमा रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो । आ.व. २०७८÷७९ को बैंकको खुद ब्याज आम्दानी रु. ९ अर्ब ६७ करोड (गत वर्ष रु. ८ अर्ब २४ करोड), कुल संचालन आम्दानी रु. ११ अर्ब २७ करोड (गत वर्ष रु. ९ अर्ब ७६ करोड), संचालन नाफा रु. ७ अर्ब १ करोड (गत वर्ष रु. ५ अर्ब ९ करोड), कुल समग्र आम्दानी रु. ३ अर्ब ८ करोड (गत वर्ष रु. ६ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा रु. ३ अर्ब ३ करोड  रहेको छ । २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७८÷७९ मा बैैंंकको शेयरधनी कोष रु. ४ अर्ब ८१ करोडले वृद्धि भई रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु.१९ अर्ब रुपैंयाले वृद्धि भई रु. ३ खर्ब २९ अर्ब पुगेको छ ।२०७९ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर  ४.२९ प्रतिशत, कोषको लागत दर६.०१ प्रतिशत तथा प्रतिशेयर आम्दानी रु.३४.९० रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको बैंकले जनाएको छ ।आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको बैंकले जनाएको छ ।

आयल निगमलाई ८ अर्ब रुपैयाँ दिँदै सरकार

काठमाडौं । सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने भएको छ । भ्याट र कर गरी ५ अर्ब र राष्ट्रिय वाणिज्य बैंकमार्फत ऋण गरी ८ अर्ब रुपैयाँ निगमले पाउने भएको हो । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ मन्त्रालयले निगमलाई ८ अर्ब रुपैयाँ दिन लागेको बताए । उनले भने, ‘५ अर्ब भ्याट र कर […]

सरकारले निगमलाई ८ अर्ब रुपैयाँ दिने

काठमाडौँ । सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने भएको छ । भ्याट र कर गरी ५ अर्ब र राष्ट्रिय वाणिज्य बैङ्कमार्फत ३ अर्ब ऋण गरी ८ अर्ब रुपैयाँ निगमले पाउने भएको हो । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ मन्त्रालयले निगमलाई ८ अर्ब रुपैयाँ दिन लागेको बताए । उनले भने, ‘५ अर्ब भ्याट […]

शिक्षा मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन

काठमाडौं : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्। उनका अनुसार शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्व १ करोड रुपैयाँ विनियोजन गरिएकाे छ। प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको उनले जानकारी दिए।त्यस्तै,सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनत

शिक्षामा ७० अर्ब ५ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् । उनले प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको […]

निक्षेप संकलन ५ अर्ब घट्यो, ऋण प्रवाह बढ्यो

माघ २६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेपनि कर्जा प्रवाह भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ २३ गतेको तुलनामा २४ गते बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन ५ अर्ब रुपैयाँ घटेको छ । तर, कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ । उक्त अवधिमा वाणिज्य बैंकहरुमा ५ अर्ब रुपैेयाँले निक्षेप संकलन घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । सो अवधिमा वाणिज्य बैंकहरुको १ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको छ ।  माघ २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ४८ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४६ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये वाणिज्य बैंकहरुमा मात्र ४३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यी बैंकहरुबाट ४१ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने ५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट उक्त अवधिमा ५ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।  निक्षेप संकलन घटेसँगै कर्जा प्रवाह बढ्दा सीडी रेसियो पनि शून्य दशमलव ११ विन्दुले बढेको छ । माघ २३ गते ९ं० दशमलव २७ प्रतिशत भएको सीडी रेसियो २४ गते बढेर ९० दशमलव ३८ प्रतिशत कायम भएको छ ।

मंगलबार पनि घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । आज (मंगलबार) पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । ५.५९ अङ्कले घटेसँगै नेप्से २८१५ अङ्कमा कायम भएको छ । यसअघि गत आइतबार १० र हिजो (सोमबार) करिब १०० अङ्कले नेप्से घटेको थियो । कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ८८ करोडको सेयर किनबेच भएकोमा मंगलबार ५ अर्ब ३९ करोडमा […]

एक सातामै वाणिज्य बैंकहरुको ५ अर्ब निक्षेप घट्यो, ८ अर्ब कर्जा प्रवाह

एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले घटेको छ । मङ्सिर १७ गतेदेखि मङ्सिर २४ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ५ अर्बले घटेको हो ।  नेपाल बैंकर्स एसोसिएसनका अनुसार मङ्सिर १७ गते बैंकहरुको निक्षेप ४२ खर्ब २६ अर्ब रहेकोमा मङ्सिर २४ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप घटेर ४२ खर्ब २१ अर्ब पुगेको छ । यस अवधिमा विदेशी मुद्राको निक्षेप ४ अर्ब घटेको छ । यस अवधिमा बैंकहरुले थप ८ अर्ब कर्जा प्रवाह गरेका छन्।  मङ्सिर १७ गते बैंकहरुको कुल कर्जा प्रवाह ४० खर्ब ६९ अर्ब रहेकोमा मङ्सिर २४ गतेसम्मको कर्जा प्रवाह बढेर ४० खर्ब ७७ अर्ब पुगेको छ ।   यस अवधिसम्म बैंकहरुको सिडी रेसियो ९१.४९ प्रतिशत रहेको छ ।