डिजेल र पेट्रोलको आयात रकममा घट्यो, परिमाण बढ्यो

मुलुकमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल र पेट्रोल पर्दछ । यी दुई वस्तुको आयात साउनमा रकमका आधारमा घटेको छ भने परिमाणमा आधारमा बढेको छ । भन्सार विभागका अनुसार यो साउन महिनामा कुल ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । गत वर्षको साउनमा भने ८ अर्ब ९८ करोडको डिजेल आयात भएको थियो ।

सम्बन्धित सामग्री

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको...

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको...

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

वीरगञ्ज । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको […]

झन् बढ्यो डिजेल–पेट्रोलको आयात : RajdhaniDaily.com

RajdhaniDaily.com | वीरगन्ज । गत वर्ष डिजेल र पेट्रोलको आयात झन् बढेको पाइएको छ । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भएर आउने डिजेल र पेट्रोल दुवै बस्तुको आयात अघिल्लो आर्थिक -

देखापढी विजिनेश न्यूज

काठमाडौं। चालु पुँजी ऋणको नयाँ व्यवस्थाबारे नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाउँदै उत्पादनमुलक उद्योग र व्यवसायलाई फरक सीमा निर्धारण गर्न माग गरेको छ। एनएमबी बैंकले अढाई करोड अमेरिकी डलर कर्जा लगानी भित्र्याउने भएको छ। साउन महिनामा विद्युतीय गाडीको आयात दोब्बर हुँदा डिजेल र पेट्रोल गाडीको भने आयात भने घट्यो।

फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, अब कति पर्छ ?

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज सोमबार मध्यरातदेखि लागु हुने गरि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ९ रुपैयाँ बढाएको हो । यस संगै अब पेट्रोल प्रति लिटर १८१ र डिजेल तथा मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ प्रति लिटर पुगेको छ।त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रति लिटर ५ रुपैयाँ बढेको छ । अन्तराष्ट्रियतर्फको हवाई इन्धनको मूल्य र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।लागत अनुरुप मूल्य समायोजन हुन नसकेको कारणबाट पेट्रोलियम पदार्थ खरिद वापत इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाइ राख्न दिन प्रति दिन निगमलाई चुनौती थपिदै गएको निगमले जनाएको छ । निगमले आज मात्र आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी नेपाल सरकारलाई दिएको छ । निगमका अनुसार भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोल बिक्रि गर्दा कोटा तोक्न सिफारिस गरेको छ । आयल निगमले नेपाल सरकारलाई पत्र लेख्दै पेट्रोलियम पदार्थको खपत कम गर्न बिक्रिमा कोटा तोक्ने सहित विभिन्न १० वटा उपाय सिफारिस गरेको हो । इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन विभिन्न प्रस्ताव गरिएको निगमले जनाएको छ ।यस्तो अवस्थामा पेट्रोलियम पदार्थको खपत कम गर्न निगमले सुझाव दिएको हो । जसमा पेट्रोल पम्पहरूले मोटर साइकललाई एक-पटकमा ५ लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र ईन्धन बिक्री गर्न प्रस्ताव गरिएको छ।यस्ता छन् सिफारिस: १.सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने ।२. देशका प्रमुख शहरहरुमा प्रत्येक शनिबार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने ।३. खाना पकाउने एल.पी. ग्यासको खपत कम गर्न बिद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।४. विद्युतीय सवारी साधनको प्रयोगमा बृद्धि गर्न प्रमुख शहरहरु र राष्ट्रिय राजमार्गहरुमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक/निजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निः शुल्क पार्किङ्ग स्थल तोकिदिने ।५. पेट्रोल पम्पहरूले मोटर साइकललाई एक-पटकमा ५ (पाँच) लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० (बीस) लिटर मात्र ईन्धन बिक्री गर्ने।६. छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने ।७. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरु पूर्ण क्षमतामा चलाउने ।८. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहने गरी संचालन गर्ने व्यवस्था मिलाउने ।९. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरुको आयात बन्द गर्ने ।१०. ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने। विदेशी मुद्रा खर्च गरी महंगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत लगायतका स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने राष्ट्रिय आवश्यकतालाई आम उपभोक्ताहरुले समेत मनन गर्ने विश्वास निगमले लिएको छ जनाएको छ ।

४ वर्षमा २ अर्बको विद्युतीय गाडी आयात

चैत ३०, काठमाडौं । गएको ४ वर्षमा नेपालमा करीब २ अर्ब रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा मुलुकमा १ अर्ब ९४ करोड ६० लाख रुपैयाँभन्दा बढीको विद्युतीय सवारीसाधन आयात भएको हो । इन्धनले चल्नेभन्दा विद्युतीय सवारीसाधनमा उपभोक्ताको आकर्षण बढ्दै गएकाले प्रत्येक वर्ष यसको आयात ग्राफ उकालो लागिरहेको छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा अटोरिक्सा, बस, कार, जिप, बाइक गरी ९ करोड ५६ लाख ५७ हजारको ३ सय थान विद्युतीय सवारीसाधन आयात भएका छन् । आव २०७६/७७ मा ३९ करोड ७६ लाख ६५ हजार रुपैयाँ बराबरका साढे ५ सय र आव २०७७/७८ मा ९५ करोड २७ लाख ७१ हजारको २ हजार २ सय विद्युतीय सवारीसाधन आयात भएको अभिलेख छ ।  चालू आवको ८ महीनामा ५० करोड रुपैयाँ बराबरका ६ हजार ८ सय २१ विद्युतीय सवारीसाधन आयात भएको छ । विद्युतीय सवारीसाधन डिजेल र पेट्रोलबाट चल्नेभन्दा सस्तो पर्ने र माइलेज पनि राम्रो हुने भएकाले नेपालमा पछिल्लो समय यसको प्रयोग बढ्दै गएको हुन्डाई ट्रेनिङ एकेडेमीका बासुदेव तिमिल्सिना बताउँछन् । उनका अनुसार डिजेल वा पेट्रोल गाडीमा १ किलोमीटर यात्रा गर्दा १२ देखि १३ रुपैयाँको इन्धन खर्च हुन्छ । विद्युतीय गाडीमा सोही दूरीको यात्रा गर्दा करीब २ रुपैयाँमात्र खर्च हुन्छ । त्यसैगरी, ५० लिटरको ट्यांकी भएको डिजेल/पेट्रोल गाडीभन्दा ६४ किलोवाटको ब्याट्री भएको विद्युतीय साधनको माइलेज राम्रो हुन्छ । विभिन्न अध्ययनले सन् २०२३ सम्ममा नेपालको विद्युत् बचत अवस्थामा अहिलेभन्दा व्यापक सुधार आउने आकलन गरिएकाले पनि उपभोक्ताको आकर्षण यसतर्फ बढिरहेको उनले बताए । डिजेल तथा पेट्रोल गाडीमा भन्दा विद्युतीयमा मर्मत खर्च करीब ४० प्रतिशत कम लाग्ने भएकाले पनि यसमा आकर्षण बढको हुनसक्ने उनको बुझाइ छ । नेपालमा पहिलोपल्ट १९७५ सालमा ट्रली बसबाट विद्युतीय सवारीसाधन प्रयोग भएको इतिहास छ । त्यसपछि १९९७ मा सफा टेम्पो, साना विद्युतीय कार, बस हुँदै अहिले अटोरिक्सादेखि बाइकसम्मको प्रयोग बढ्दो छ ।  अभियान दैनिकको प्रिन्ट संस्करणबाट

मूल्य बढ्दा पनि घटेन पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज – वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेको छ। देशको प्रमुख आर्थिक नाका वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको पहिलो सात महिनामा ७१ अर्बभन्दा बढीको डिजेल र पेट्रोल आयात भएको हो। चालु आर्थिक वर्षको साउनदेखि माघसम्म यो नाका भएर रु ७१ अर्ब ३३ करोड ५२ लाख ७७ हजार बराबरको डिजेल र पेट्रोल आयात भएको वीरगञ्ज […]

भारतबाट १० महिनामा करिब एक खर्बको डिजेल र पेट्रोल आयात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले भारतबाट ९७ अर्ब ४५ करोड १४ लाख २२ हजार रुपैयाँको डिजेल तथा पेट्रोल आयात गरेको छ। भन्सार विभागकाअनुसार सो अवधिमा ७० अर्ब ५६ करोड ६३ लाख ५१ हजार रुपैयाँको डिजेल र २६ अर्ब ८८ करोड ५० लाख ७१ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ।

नेपालमा नौ महिनामा भित्रियो ८३ अर्बभन्दा बढीको डिजेल–पेट्रोल

काठमाडौं। २०७७ साउनदेखि चैत महिनासम्म नौ महिनाको अवधिमा नेपालमा भारतबाट ८३ अर्ब १० करोड रुपैयाँको डिजेल र पेट्रोल भित्रिएको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा २३ अर्ब ३५ करोड रुपैयाँको पेट्रोल र ५९ अर्ब ७४ करोड रुपैयाँको डिजेल नेपालले भारतबाट खरिद गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ९६ अर्ब ५७ करोड रुपैयाँको डिजेल–पेट्रोल नेपालले आयात गरेको थियो।