मन्त्री बन्न लागेकाहरूलाई माधव नेपालको निर्देशन : पार्टीको प्रतिष्ठा उच्च राख्नेगरी काम गर्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री फेर्ने प्रक्रिया पुरानै रहेको प्रतिक्रिया दिएका छन् । आइतबार पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णय गरेलगत्तै अध्यक्ष नेपालले पार्टीका तर्फबाट मन्त्री भएकाहरु फेरबदल गर्ने कुरा पुरानै भएको र यो समय सान्दर्भिक रहेको बताएका हुन् । साथै अध्यक्ष नेपालले मन्त्रीको सपथ गर्न लागेका नेताहरुलाई पार्टीको प्रतिष्ठा बढाउनेगरी काम गर्न निर्देशन दिएका छन् । ‘मन्त्री फेर्ने प्रक्रिया पुरानै हो र यो समय सान्दर्भिक पनि हो

सम्बन्धित सामग्री

मन्त्रीहरुलाई माधव नेपालको निर्देशन : पार्टीको इज्जत राखेर काम गर्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई प्रशिक्षण दिएर पठाएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम नगर्न निर्देशन दिएका हुन् ।  विहान १० बजेतिर नेपालले सहरी मन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिएका हुन् ।‘पार्टीबाट मन्त्री हुनुभएको छ । पार्टीको इज्जत राखेर काम गर्नुहोला

मन्त्रीमा सिफारिस भएका नेतालाई अध्यक्ष नेपालको निर्देशन : पार्टीको इज्जत राख्नू

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट नयाँ मन्त्री बन्न लागेकाहरुलाई पार्टीको इज्जत जोगिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि आलोकनगरस्थित पार्टी कार्यालयमा नेता नेपालले मन्त्री सिफारिस भएका नेतासँग छलफल गरेका थिए । सहरी विकास मन्त्रीमा सिफारिस भएका मेटमणि चौधरीले पार्टीलाई स्थापित गर्ने गरी अध्यक्षले […]

मन्त्री सिफारिस नेतालाई माधव नेपालको निर्देशन : पार्टीको इज्जत राख्नू

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट नयाँ मन्त्री बन्न लागेकाहरुलाई पार्टीको इज्जत जोगिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि आलोकनगरस्थित पार्टी कार्यालयमा नेता नेपालले मन्त्री सिफारिस भएका नेतासँग छलफल गरेका थिए । सहरी विकास मन्त्रीमा सिफारिस भएका मेटमणि चौधरीले पार्टीलाई स्थापित गर्ने […]

चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने

काठमाडौँ। पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो चलचित्रको दिनेश डिसीले निर्देशन गर्नेछन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत […]

एमाले कर्णालीमा सत्ताका लागि चुलिन्दै विवाद

सुर्खेत।एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले पार्टीको निर्देशन जारी गर्ने तर माधव नेपाल समूहका सांसदले निरन्तर अवज्ञा गरिरहेपछि विवाद चुलिन्दै गएको छ।सत्ताका लागि भइरहेको विवादमा दलका नेता कँडेलले सरकारमा सहभागी तीन जना मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिए।तर उनीहरुले अस्वीकार गरेका छन्।'जेठ २ को पार्टी संरचनाबाहेक अरु बैठक चिन्दैनौं र राजीनामा पनि दिँदैनौं' मन्त्री कुर्मराज शाहीले भने।

'सुदूरपश्चिममा एमालेबाट निर्वाचित सांसदले पार्टीको निर्णय नमाने कारबाही हुन्छ'

धनगढी : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पार्टीको निर्देशन नमान्ने सांसदलाई कारबाही हुने बताएका छन्।सेती प्रादेशिक अस्पताल कैलालीमा मंगलबार अक्सिजन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले सुदूरपश्चिम सरकारमा सहभागी एमालेका मन्त्रीहरुलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेबाट निर्वाचित सांसदले पार्टीको निर्णय नमाने कारवाही हुने बताएका हुन्।उनले भने, 'सरकारमा सहभागी मन्त्रीहरु नेकपा एमाले, सूर्य चिह्नबाट चुनाव लडेका प्रदेश सभा सदस्य हुन्। जनताले सूर्य चिह्नमा मतदान गरेर उहा

बादलविरुद्ध मतदान गर्नु गम्भीर, भर्त्सना गर्छाैँ : एमाले

काठमाण्डाै – नेकपा एमालेले राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा पार्टीको निर्देशन अवज्ञा गर्ने र पार्टी उम्मेदवार (रामबहादुर थापा बादल) को विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलापलाई अत्यन्तै गम्भीर रूपमा लिएको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीकाे बैठकले पार्टी निर्देशन अवज्ञा गर्ने प्रवृत्तिको भर्त्सना गर्ने निर्णयसमेत गरेको छ । यस्तै कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने एमालेका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो । ...