मन्त्रीहरुलाई माधव नेपालको निर्देशन : पार्टीको इज्जत राखेर काम गर्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई प्रशिक्षण दिएर पठाएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम नगर्न निर्देशन दिएका हुन् ।  विहान १० बजेतिर नेपालले सहरी मन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिएका हुन् ।‘पार्टीबाट मन्त्री हुनुभएको छ । पार्टीको इज्जत राखेर काम गर्नुहोला