काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषी छुटाउन पार्टीको बैठकले निर्देशन दिन नमिल्ने बताएका छन्।प्रेस सेन्टर नेपाल कास्कीले पोखरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले दोषीलाई गठबन्धनमा आबद्ध दलले बचाउन खोजेको भन्ने कुरा सत्य नभएको बताए। ‘पार्टीहरूको बैठकले निर्देशन दिन मिल्ने कुरा होइन, त्यस कारण राजनीतिक पार्टीहरूको बैठक, गठबन्धनको बैठक त्यसको निम्ति भयो भन्ने कुरा नै सत्य होइन’, मन्त्री श्रेष्ठले भने, ‘सरकार वा गृह मन्त्