आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराल

काठमाडौं– आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी भुपाल बराललाई दिइएको छ ।  महानिर्देशकको जिम्मेवारी दिँदै सहसचिव बराललाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको बताइएको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले शुक्रबारबाट लागू हुनेगरि जिम्मेवारी दिएको अर्थ मन्त्रालय सचिवालयले जनाएको छ ।  यसअघिका महानिर्देशक दीर्घराज मैनालीलाई अर्थ मन्त्रालय पठाइएको छ ।

सम्बन्धित सामग्री

अनुगमन बढाएर राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाई राजस्व छली रोक्न निर्देशन दिएका छन् । जुत्ता–चप्पल व्यवसायीहरूको...

आन्तरिक राजस्व विभागमा कार्यसम्पादन सम्झौता

काठमाडौं (अस) । आन्तरिक राजस्व विभागले उपमहानिर्देशक र निर्देशकहरूसँग कार्य सम्पादन सम्झौता गरेको छ । बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउने उद्देश्यले अघिल्लो सरकारले शुरू गरेको कार्यसम्पादन सम्झौताको प्रभावकारितामा प्रश्न उठिरहेका बेला बिहीवार राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलले विभागका उपमहानिर्देशक र निर्देशकहरूबीच आर्थिक वर्ष २०७८÷७९ का लागि कार्यसम्पादन सम्झौता गरे । अर्थ मन्त्रालयको वार्षिक नीति र कार्यक्रम तथा आन्तरिक राजस्व विभाग र मातहतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, देशभरि रहेका आन्तरिक राजस्व कार्यालयहरू तथा करदाता सेवा कार्यालयहरूले वार्षिक सम्पादन गर्नुपर्ने कामसमेत समावेश गरी कार्यसम्पादन सम्झौता गरिएको विभागले जानकारी दिएको छ । कार्यसम्पादन सम्झौतामा वार्षिक क्रियाकलाप, परिमाणात्मक रूपमा उल्लेख गरिएको उपलब्धिसूचक, मूल्यांकनका आधार तथा कार्यसम्पादन गर्नुपर्ने समयसीमा समेत उल्लेख गरिएको छ । यसबाट विभागका निर्देशकहरूको कार्यसम्पादन मूल्यांकन वस्तुनिष्ठ र यथार्थपरक हुने बताइएको छ । यसले कर्मचारीलाई थप जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुग्ने विभागको भनाइ छ । यस्तै प्रकारको सम्झौता देशभर रहेका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयका प्रमुखहरूसँग समेत गरिने विभागका अधिकारीहरू बताउँछन् । यसअघि अर्थसचिव र आन्तरिक राजस्व विभागमा महानिर्देशक तथा महानिर्देशक र उपमहानिर्देशकबीच यस्तै प्रकारको वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न भइसकेको छ । विभागका नीति विश्लेषण तथा व्यवस्थापन महाशाखाका प्रमुख मुक्तिप्रसाद पाण्डे, सञ्चालन महाशाखा प्रमुख आनन्द काप्mले, अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनी र सूचनाप्रविधि विज्ञ रमेश शर्मा पौडेलले कार्यसम्पादन सम्झौता गरे ।

आन्तरिक राजस्व विभाग लेखिएका स्टिकर पनि नक्कली, दुई लाख ४० हजार थान बरामद

भैरहवा । सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीले शुक्रबार राति ठूलो परिमाणमा आन्तरिक राजस्व विभाग लेखिएका नक्कली स्टिकर बरामद गरेको छ । सो गण मातहतको बोर्डर आउट पोष्ट (बीओपी) बाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको नेतृत्वमा खटिएको ९ जनाको मोबाइल टोलीले सिद्धार्थनगर नगरपालिका–३ दरखसवास्थित सहिद अन्सारीको घरबाट आन्तरिक राजश्व विभाग लेखिएको स्टिकर ८० रोल […] The post आन्तरिक राजस्व विभाग लेखिएका स्टिकर पनि नक्कली, दुई लाख ४० हजार थान बरामद appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक हेरफेर

काठमाडौं, भदौ ३ । आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक हेरफेर भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै सरु भएको चर्चा अन्ततः हेरफेरमै पुगेको मन्त्रालय स्रोतले जनाएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाईको ठाउँमा शोभाकान्त पौडेल आएका छन् भने भन्सार विभागका महानिर्देशक यामलाल भुसालको ठाउँमा नारायणप्रसाद सापकोटा आएका छन् […]

भारतीय नागरिकसँग भेटिए करिब ३ लाख आन्तरिक राजस्व विभागको स्टिकर

कैलाली।आन्तरिक राजस्व विभाग लेखिएका २ लाख ९९ हजार ६७४ थान स्टिकरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन्। पक्राउ पर्नेहरुमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने संजित कुमार, रिङ्कु कुमार, सुरेश कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने राजकुमार शाह र पर्सा वीरगंज नगरपालिका–१३ घन्टाघर बस्ने विजय गुप्ता रहेका छन्।

आन्तरिक राजस्व विभागको स्टिकर सहित ५ जना पक्राउ, वेष्टर्न लिकर्स सिल

आन्तरिक राजस्व विभागको स्टिकरसहित पाँच जना कैलालीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले गौरीगङ्गा नगरपालिका–७ स्थित तालबन्द सडक खण्डमा  चेकजाँच गर्ने क्रममा दुई जनाले मोटरसाइकलमा बोकेर ल्याएको तीनवटा कार्टुनको खानतलासी गर्दा ७७ रोल आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर फेला परेका थिए । प्रहरीले तत्कालै ना.३२ क ६२८१ नम्बरको मोटरसाइकलमा सवार भारतीय नागरिक १९ वर्षीय संजित कुमार र २० वर्षीय रिङ्कु कुमारलाई नियन्त्रणमा लिएको थियो ।प्रारम्भिक अनुसन्धानको क्रममा

आन्तरिक राजस्व विभागमा मैनाली

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकको जिम्मेवारी दीर्घराज मैनालीलाई दिएको छ । यसअघि, मैनाली राजस्व अनुसन्धान विभाग महानिर्देशक थिए । मैनाली कुशल र सुधारक प्रशासकका रूपमा परिचित छन् । राजस्व अनुसन्धान विभागमा रह“दा राजस्व छल्नेविरुद्ध आक्रामक कारबाही थालेर उनी चर्चामा आएका थिए । अर्थ मन्त्रालयले मैनालीलाई आन्तरिक राजस्व विभागको जिम्मेवारी दिएर सहमतिका लागि […] The post आन्तरिक राजस्व विभागमा मैनाली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.