दुई मुख्य राजस्व कार्यालयका प्रमुख परिवर्तन, बजेट महाशाखा प्रमुख पनि फेर्ने तयारी

२० माघ, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई प्रमुख राजस्व कार्यालयहरु आन्तरिक राजस्व विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखहरु परिवर्तन गरेका छन् ।  मन्त्री महतले शुक्रवार केही सहसचिवको सरुवा गर्दै आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराललाई पठाएका छन् । त्यस्तै त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखमा सेवन्तक पोखरेलको सरुवा भएको छ । आन्तरिक राजस्वका […]

सम्बन्धित सामग्री

बागमती राजस्व संकलन र बजेट परिचालनमा कमजोर

बागमती प्रदेश सरकार राजस्व संकलन र बजेट परिचालनमा निकै कमजोर देखिएको छ । चालू आर्थिक वर्षको आठ महिनामा बागमती प्रदेश सरकारले राजस्व संकलन लक्ष्यको जम्मा ३८.१० प्रतिशत र बजेट खर्च जम्मा...

बजेट नल्याउँदा कुश्मामा राजस्व ठप्प

जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसक्दा कुश्मा नगरपालिकामा राजस्व संकलन ठप्प बनेको छ । कुश्मा नगरपालिकामा साउन १ गतेदेखि नै राजस्व संकलन रोकिएको हो । नगर सभाले आगामी आर्थिक वर्षका लागि राजस्वको दररेट निर्धारण गरी पारित गर्नुपर्ने भए पनि नगर सभा नै हुन नसकेपछि १ गतेदेखि नै कुनै पनि कर संकलन नभएको प्रमुख प्रशासकीय अधिकृत […]

यो वर्षको राजस्व ९५० अर्बभन्दा माथि नजाने

सरकारले चालु वर्षको बजेट बनाउँदा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व असुली हुने अनुमान गरी त्यसअनुसार स्रोतको व्यवस्थापन र खर्चको विनियोजन गरेको थियो । गत पुससम्मको राजस्व असुलीको अवस्था हेरेर यसलाई १२ खर्ब ४४ अर्ब रुपैयाँमा झारियो । तर, यस वर्ष राजस्व ९ खर्ब ५० अर्ब रुपैयाँभन्दा माथि पुग्ने देखिँदैन । चालु आर्थिक वर्षका १० […]

राजस्व सुक्दा प्रदेशको बजेट घट्ने

चालु आर्थिक वर्षमा राजस्व संकलनमा आएको संकुचनको प्रभाव आगामी वर्षको बजेटमा समेत पर्ने भएको छ । संघीय सरकारले आगामी वर्षका लागि प्रदेश र स्थानीय तहमा पठाउने अनुदान रकम घटाउने भएपछि प्रदेश र स्थानीय तहहरुमा बन्ने बजेट प्रभावित हुने भएको हो । प्रदेश र स्थानीय तहहरुको कुल बजेटमा आन्तरिक राजस्वको हिस्सा ज्यादै थोरै छ । यस्तोमा […]

अदूरदर्शी राजस्व लक्ष्य

सरकारले चालू आर्थिक वर्षमा उच्च दरको राजस्व संकलन गर्ने लक्ष्य राखेर बनाएको बजेट लगभग असफल भएको छ । बजेटमा १४ खर्बभन्दा बढी राजस्व असुली गर्ने लक्ष्य राखिएको थियो । वर्षका १० महिना १२ दिन हुँदा राजस्व आधा (७ खर्ब २ अर्ब) मात्र उठेपछि यो वर्षको बजेट लगभग असफल बनेको हो । बजेटमा स्रोतअनुसार कार्यक्रमका लागि […]

बजेट अनुशासन वित्तीय स्थायित्वको आधार

बजेट कार्यान्वयन प्रभावकारी बनाउन समग्र्र वित्त अनुशासन कायम हुनुपर्छ । देशको राजस्व, खर्च र ऋण व्यवस्थापनको कार्य दिगो रूपमा सन्तुलित र व्यवस्थित गर्नुपर्छ । यसो हुन नसकेमा बजेट नियन्त्रणका उपाय अपनाउनु आवश्यक हुन्छ । नेपाल...

बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान

सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो । यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको उहाँले बताउनुभयो । कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उहाँले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख […]

मन्त्रिपरिषद्बाट बजेट पारित

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट पारित गरेको छ।  मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पारित गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले जानकारी दिए।सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरिरहेका छन्।

बजेट होलिडे : पाँच दिनमा साढे ११ अर्ब राजस्व संकलन, २१ करोड खर्च

५ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७८ को बजेट पास हुन नसकेपछि सरकारको खर्च रोकिएको ५ दिनको अवधिमा २१ करोड रुपैयाँ बजेट खर्च भएको छ । बजेट पास नभएको अवस्थामा पनि संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम सरकारले निरन्तर खर्च गर्न पाउने प्रावधान छ । यसबीचमा राजस्व संकलनको काम भने प्रभावित भएको छैन । […]

चन्दननाथको बजेट अन्यौल,राजस्व संकलन ठप्प

चन्दननाथ नगरपालिकाका मेयर र उपमेयरको विवादले चालू आव सुुरु भइसक्दासमेत अझै बजेट अन्यौल अवस्थामा छ । मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेवी न्यौपानेको विवादका कारण आर्थिक वर्ष २०७८/२०७९ को बजेटले अझै वैधानिकता पाउन सकेको छैन् । बजेटसँगै मेयर उपमेयरको विवादले चन्दननाथमा राजस्व संकलन, दैनिक सेवा प्रवाहसमेत प्रभावित भएको छ ।नीति कार्यक्रम तथा बजेट पारितका विषयमा […]