आन्तरिक राजस्व विभागको स्टिकर सहित ५ जना पक्राउ, वेष्टर्न लिकर्स सिल

आन्तरिक राजस्व विभागको स्टिकरसहित पाँच जना कैलालीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले गौरीगङ्गा नगरपालिका–७ स्थित तालबन्द सडक खण्डमा  चेकजाँच गर्ने क्रममा दुई जनाले मोटरसाइकलमा बोकेर ल्याएको तीनवटा कार्टुनको खानतलासी गर्दा ७७ रोल आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर फेला परेका थिए । प्रहरीले तत्कालै ना.३२ क ६२८१ नम्बरको मोटरसाइकलमा सवार भारतीय नागरिक १९ वर्षीय संजित कुमार र २० वर्षीय रिङ्कु कुमारलाई नियन्त्रणमा लिएको थियो ।प्रारम्भिक अनुसन्धानको क्रममा