भारतीय नागरिकसँग भेटिए करिब ३ लाख आन्तरिक राजस्व विभागको स्टिकर

कैलाली।आन्तरिक राजस्व विभाग लेखिएका २ लाख ९९ हजार ६७४ थान स्टिकरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन्। पक्राउ पर्नेहरुमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने संजित कुमार, रिङ्कु कुमार, सुरेश कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने राजकुमार शाह र पर्सा वीरगंज नगरपालिका–१३ घन्टाघर बस्ने विजय गुप्ता रहेका छन्।