घोडेपानी र पुनहिलमा पर्यटकको बढ्न थालेपछि व्यवसायी उत्साहित

काठमाण्डौ – म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन शुरु भएको जनाउँदै भदौको पहिलो हप्तादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल पुग्न थालेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले जानकारी दिनुभयो । आगामी सिजनका लागि विदेशी पर्यटकले धमाधम होटल बुकिङ गर्न थालेका उहाँले बताउनुभयो । ...

सम्बन्धित सामग्री

म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड

म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् ।

लयमा फर्किँदै घोडेपानीको पर्यटन व्यवसाय

म्याग्दी : अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक पर्यटकीय स्थल म्याग्दीको घोडेपानी–पुनहिलको पर्यटन व्यवसाय पुनः लयमा फर्किँदै गएको छ।सन् २०२० मा कोभिड शुरु भएपछि सुस्ताएको यहाँको पर्यटन ३ वर्षपछि सन् २०२३ को अक्टोबरदेखि लयमा फर्किएको स्थानीय व्यवसायीले बताएका छन्। यतिबेला घोडेपानी र पुनहिल आन्तरिक तथा बाह्य पर्यटकले भरिएको छ। पछिल्ला ४ महिनामा यहाँ १२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन्।पर्यटन प्रहरी कार्यालय घोडेपानीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर १० गतेसम्म १२ हजार ३६१ जना

घोडेपानी र पुनहिलमा बढे विदेशी पर्यटक

म्याग्दी : राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय स्थल मानिएको म्याग्दीको घोडेपानी र पुनहिलमा पछिल्ला चार महिनामा विदेशी पर्यटकको संख्या बढेको छ।गत साउनदेखि मंसिरको पहिलो सातासम्म घोडेपानी र  पुनहिल क्षेत्रमा १२ हजार ३६१ विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ।घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाईमा पर्ने गरेको छ। साउन महिनामा ९७६ जना, भदौमा ९९३ जना, असोजमा ३ हजार १११ जना, कात्तिकमा ५ हजार ७७९ जना र मंसिर १० गतेसम्म १ हजार ५०२ जनाले भ्रमण गर

म्याग्दीका उच्च पहाडी क्षेत्रमा भारी हिमपात, बालीनालीमा क्षति

म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिल लगायतका क्षेत्रमा वर्षासँगै बाक्लो हिमपात भएको छ । बेमौसमी हिमपातका कारण घोडेपानी घुम्न गएका पर्यटकहरु भने रमाएका हुन् । हिमपातले वैशाखमा पनि जाडो बढाएको स्थानीयवासीहरुले बताएका छन् । समुन्द्री सतहदेखि २ हजार ८ सय मिटरमा अवस्थित घोडेपानीसँगै खोपारा, पुनहिल र मोहरेडाडा लगायतका उच्च पहाडी क्षेत्रका जंगल र […]

घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटकको लर्को

म्याग्दी : पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा तीन वर्षपछि पहिलोपटक चिनिया पर्यटकको घुइँचो लागेको छ।यतिवेला घोडेपानी र पुनहिल चिनिया पर्यटकले खचाखच भरिएको छ। २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटकको आगमन तीन वर्षपछि सुरु भएको हो। नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुंगा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताइन्।पर

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

चैत २१, म्याग्दी । चारैतिर घना गुराँसको जंगलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनाएको घोडेपानी टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताए । ‘घोडेपानी लालीगुराँसले ढकमक्क भइसकेको छ’, उनले भने, ‘हामी पर्यटकको पर्खाइमा छौँ, पर्यटकलाई स्वागत गर्न आतुर छौँ ।’  जाडो हटेर वनजंगलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् । पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनहरुमा उल्लेख छ । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासीसमेत रहेका गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । ‘वनैभरि राताम्मे फुलेका गुराँसका रङले घोडेपानी क्षेत्रको जंगल निकै मनमोहक र आकर्षक बनेको छ’, उनले भने, ‘गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।’  बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन् । घोडेपानी पर्यटक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमराज गौलीका अनुसार दैनिक ६०/७० विदेशी र १०० जति नेपाली पर्यटक भ्रमणमा आएका छन् ।  घोडेपानी–पुनहिल घुम्न आउने विदेशी पर्यटकको तथ्यांक हामीले राख्ने गरेका छौँ’, उनले भने, ‘कोरोना महामारी फैलिएपछि २०७६ चैतदेखि रोकिएको पर्यटकको उपस्थिति गत फागुनदेखि हुन थालेको छ ।’  काठमाडौंबाट आठ जनाको समूहमा घोडेपानी घुम्न आएकी अक्षता भट्टराईले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रङ्गिएको जंगलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताए । गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी पुनम खरेलले अनुभव सुनाए ।  फागुन महीनासम्म सुनसान घोडेपानीमा गुराँस फुल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘घोडेपानीमा रहेका २७ होटललाई सुविधा र पूर्वाधारका आधारमा दुई समूहमा वर्गीकरण गरेका छौँ, ११ होटललाई (क) र १६ लाई (ख) समूहमा वर्गीकरण गरेर फरक फरक दररेट बनाइएको हो ।’   एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रू. ९५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । यसअघि सबै होटलले प्रतिव्यक्ति एक रात बास बसेको, बेलुकाको खाना र बिहानको खाजाको रू. एक हजार ५०० शुल्क लिने गरेका थिए । घोडेपानीका होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् ।  गत फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शुल्कको नयाँ दर २०७८ चैत १ गतेदेखि लागू हुने उपसिमतिका अध्यक्ष पुनले बताए ।  अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुन्द्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित छ । रासस

होटलको सुविधाले पुनहिलमा पर्यटकको चहलपहल

म्याग्दी-पछिल्लो समय पर्यटकको रोजाइमा रहेको अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीपछि गर्मियाम सुरु भएपछि देश तथा विदेशका पर्यटक आउन थालेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए ।“वसन्त ऋतुको सुरुवातसँगै घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ” उनले भने । केही […]

घोरेपानीमा ढकमक्क गुराँस, पर्यटक पुगेनन् (फोटो फिचर)

अन्नपूर्ण फेरो अन्तर्गत पर्ने घोडेपानी तथा पुनहिल क्षेत्रको वन जङ्गलमा अहिले राष्ट्रिय फूल लालीगुराँस ढकमक्क फुलेर रौनक छाएको छ । हिमाली जिल्ला म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित घोरेपानी क्षेत्रमा यतिबेला लालिगुराँसका विभिन्न प्रजाति फुलेको हो ।

घोडेपानीको जङ्गलमा ढकमक्क लालीगुराँस (फोटो)

म्याग्दी – वसन्त ऋतुको आगमनसँगै फुल्न थाल्छन् गुराँस । नवदुलहीको सिउँदो रंगिएझैँ राताम्य देखिन्छन् पहाडहरु । फूलहरुको रस चुस्दै अघाउँछन् माहुरी । लाग्छ, गुराँस फुलेपछि धर्ती पनि तृप्त हुन्छ । गुराँस हरियो र खस्रा पात हुने तथा राताे, गुलाफी, सेताे लगायत अनेक रङको थुङ्गा फूल फुल्ने वृक्ष हो । फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्छ । नेपालको राष्ट्रिय फूल गुराँस अहिले म्याग्दीका वनपाखामा ढकमक्क फुलिरहेको छ । हिमाली जिल्ला म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी तथा पुनहिल क्षेत्रको वन...

आहा! घोडेपानी, खुलेको हिमाल, फुलेको लालिगुराँस (फोटो फिचर)

म्याग्दी : समय वसन्त ऋतु। जंगलभरी ढकमक्क फुलेका लालिगुराँसले दुलही झैं सिंगारिएकी प्रकृति। सफा मौसम । निलो आकाशको छाना मुनि उत्तरतर्फ चाँदी झै टल्किएका हिमश्रृङ्खला। तर, सुनसान छन् अन्नपूर्ण चक्रिय पदमार्गका प्रमुख आकर्षण मानिएका पर्यटकीय स्थल घोडेपानी र पुनहिल। यो समय (गुराँस फुल्ने) आफूले जान्ने भएदेखि नै पहिलो प...