म्याग्दी – वसन्त ऋतुको आगमनसँगै फुल्न थाल्छन् गुराँस । नवदुलहीको सिउँदो रंगिएझैँ राताम्य देखिन्छन् पहाडहरु । फूलहरुको रस चुस्दै अघाउँछन् माहुरी । लाग्छ, गुराँस फुलेपछि धर्ती पनि तृप्त हुन्छ । गुराँस हरियो र खस्रा पात हुने तथा राताे, गुलाफी, सेताे लगायत अनेक रङको थुङ्गा फूल फुल्ने वृक्ष हो । फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्छ । नेपालको राष्ट्रिय फूल गुराँस अहिले म्याग्दीका वनपाखामा ढकमक्क फुलिरहेको छ । हिमाली जिल्ला म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी तथा पुनहिल क्षेत्रको वन...