म्याग्दी : अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक पर्यटकीय स्थल म्याग्दीको घोडेपानी–पुनहिलको पर्यटन व्यवसाय पुनः लयमा फर्किँदै गएको छ।सन् २०२० मा कोभिड शुरु भएपछि सुस्ताएको यहाँको पर्यटन ३ वर्षपछि सन् २०२३ को अक्टोबरदेखि लयमा फर्किएको स्थानीय व्यवसायीले बताएका छन्। यतिबेला घोडेपानी र पुनहिल आन्तरिक तथा बाह्य पर्यटकले भरिएको छ। पछिल्ला ४ महिनामा यहाँ १२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन्।पर्यटन प्रहरी कार्यालय घोडेपानीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर १० गतेसम्म १२ हजार ३६१ जना