म्याग्दी : समय वसन्त ऋतु। जंगलभरी ढकमक्क फुलेका लालिगुराँसले दुलही झैं सिंगारिएकी प्रकृति। सफा मौसम । निलो आकाशको छाना मुनि उत्तरतर्फ चाँदी झै टल्किएका हिमश्रृङ्खला। तर, सुनसान छन् अन्नपूर्ण चक्रिय पदमार्गका प्रमुख आकर्षण मानिएका पर्यटकीय स्थल घोडेपानी र पुनहिल।
यो समय (गुराँस फुल्ने) आफूले जान्ने भएदेखि नै पहिलो प...