म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् ।
म्याग्दी – बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ। स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका समस्या भएकाले म्याग्दी र मुस्ताङ आवतजावत गर्ने धेरै […]
कोरोला–त्रिवेणी सडक गण्डकी प्रदेशकै लाइफलाइन रहेपनि ठेकेदारको लापरवाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काममा ढिलासुस्ती भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असन्तोष जनाएका छन्।...
पर्वत : पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको कुश्मा नगरपालिका–१ मालढुङ्गामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ।बागलुङ, म्याग्दी र मुस्ताङबाट पर्वत, कास्की, म्याग्दीसहित छोटो तथा लामो दूरीका सवारीसाधन एकै ठाउँमा जम्मा हुने प्रमुख नाका मालढुङ्गामा सुरक्षा सतर्कता बढाउन तत्कालका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए।उक्त नाका रहेको क्षेत्र र आसपासको क्षेत्रमा कालीगण्डकी नदीको चौडा किनार रहेको छ भने त्यही क
अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा धवलागिरी अञ्चलका चार जिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) मा यातायात, सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत ...
पर्वत : म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग भनेको मालढुंगा बेनी सडक खण्ड हो।खाद्यान्नदेखि निर्माण र अन्य सबै सामग्रीहरू उक्त सडक मार्गबाट ओसारपोसार हुने गरेका छन् भने एम्बुलेन्स पनि रफ्तारमा हुन्छन्। दैनिक सयौँको सङ्ख्यामा सवारीहरू आउजाउ गर्ने सडकको अवस्था हेर्दा लाग्छ कि राज्यले त्यो ठाउँ देखेको नै छैन।करिब २५ वर्ष अगाडि बनेको सडक लामो समयपछि कालोपत्रे त भयो तर अहिले सडकमा कालोपत्रे कहाँ छ? भनेर खोजे देख्नै पाइँदैन। पवित्र कालीगण्डकी नदीको ति
म्याग्दी – मध्यपहाडी लोकमार्ग अन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने बेनी–पोखरा सडक खण्ड मर्मतपछि फेरि सञ्चालनमा आएको छ । मङ्लवार राति वर्षासँगै पहिरो खसेर बन्द भएको बेनी–पोखरा सडक खण्ड मर्मतपछि आज दिउँसोपछि सञ्चालनमा आएको हो ।
पर्वतको कुश्मा नगरपालिका ८ चुवाको तीन ठाउँमा खसेको पहिरोको अवरोध हटाएपछि सडक सञ्चालनमा आएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
बन्द सडक सञ्चालनमा आएपछि बीच बाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् भने सर्वसाधारणलाई पनि आवतजावतमा स...
काठमाण्डाै - कास्की र आसपासका जिल्लामा आज बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
पोखरा ग्रिड अन्तर्गत लेखनाथ सबस्टेशनको मर्मत गर्नुपर्ने भएकाले विद्युत कटौती गर्नुपरेको विद्युत प्राधिकरणले जनाएको छ ।
आज बिहान १० बजेदेखि दुई बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।
म्याग्दी । म्याग्दीबाट धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।
संसारको सातौं अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।
‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’
कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसिएशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो ।
पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो ।
धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सृजना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजीक्षेत्रको लगानी भिœयाउन र प्रवद्र्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए ।
म्याग्दी । म्याग्दीबाट धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ पुग्न सकिने नयाँ पदमार्ग पहिचान भएको छ । बेनी–जोमसोम सडक सञ्चालन भएपछि विस्थापित भएको म्याग्दी–मुस्ताङ जोड्ने पुरानो पदमार्गको विकल्पमा धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी भएको हो ।
संसारको सातौं अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए ।
‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पैदलमार्ग बनाइरहेका छौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका छन् ।’
कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । ट्रेकिङ व्यवसायी एशोसिएशन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो ।
पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्र्याक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए । धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो ।
धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सृजना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजीक्षेत्रको लगानी भित्र्याउन र प्रवर्द्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए । रासस