मधेशमा सामाचकेवा पर्वको रौनक

रौतहट : छठ पर्वपछि मनाइँने समाचकेवा रौतहट सहित तराई मधेशका जिल्लाहरुमा अहिले समा चकेवा पर्वको रौनकता छाएको छ।तराई मधेसका जिल्लाहरुमा प्रत्येक वर्ष कार्तिक षष्ठी तिथि अर्थात् पारनको दिनदेखि कार्तिक पूर्णिमाको मध्य रातिसम्म नाच गान गर्दै महिलाहरुले यो पर्व मनाउने गर्दछन्।गामके अधिकारी हमर बरकाभइया हो, सामचको सामचको अइहाहो अइहाहो जस्ता प्रसिद्घ गीतसंगीतबाट तराइ मधेशमा पारनको दिनदेखी नै समाचकेवाको रौनक चलिरहेको छ।यो पर्वमा माटोबाट बनाइएको सामा र चकेवाका साथै विभिन्न चराको मुर्ति, दियो, झार

सम्बन्धित सामग्री

सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा आइतबारबाट छ दिवसीय ‘सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला’ सुरु भएको छ ।

जनकपुरधाम सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु

मिथिलाका परम्परागत कला, संस्कृतिक हराउँदै गएका बेला जनकपुरधाममा ६ दिने सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडाैं र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु भएको हो ।कार्यशालाको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मिथिला, मधेशका परम्परागत कला, संस्कृतिले आपसी भाइचारा...

सामाचकेवा पर्वले आदर्श समाज निर्माण गर्नेछ: मुख्यमन्त्री सिंह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाचकेवा पर्वले आदर्श समाज निर्माण गर्ने बताएका छन्।

काठमाडौंमा थारू समुदायले मनाए सामाचकेवा पर्व (तस्वीरहरू)

११ मंसिर, काठमाडौं । आदिवासी थारू समुदायले काठमाडौंमा सामाचकेवा पर्व मनाएका छन् । दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज  पूर्णिमाको दिन सामाचकेवा समापन गरेका छन् ।  आजै मिथिला क्षेत्रमा पनि सामाचकेवा समापनि गरिएको छ । काठमाडौं उपत्यकामा थारु समुदायका दुई समूहले समाचकेवा पर्व मनाए । थारु महिला समाजले ललितपुरको टीकाथलीस्थित गोदावरी खोलामा […]

सामाचकेवा पर्व आज समापन गरिँदै

११ मंसिर, काठमाडौं । आदिवासी थारू समुदायले काठमाडौंसहित पूर्वी तराईमा आज सामाचकेवा पर्व आज समापन गर्दैछन् । दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज १२औँ दिनमा समापन हुन लागेको हो ।  आजै मिथिला क्षेत्रमा पनि सामाचकेवा समापनि गरिँदैछ । कात्तिक शुक्ल द्वितिया अर्थात् भाइटीकाको दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन […]

तराईमा सामाचकेवा पर्वको रौनक

सुनसरी, मंसिर ६ । छठ पर्वपछि मनाइने समाचकेवा सुनसरीसहित तराइका जिल्लाहरुमा अहिले समा चकेवा पर्वको रौनकता छाएको छ । यो पर्वमा माटोबाट बनाइएको सामा र चकेवाका साथै विभिन्न चराको मुर्ति, दियो, कुचो आदि एउटा सानो बाँसको ढकियामा राखेर टाउकोमाथि राखेर दिदीबहिनीहरु रातको समयमा गीत गाउने यो पर्वको विशेषता हो । भाइ–बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको […]

दाजुभाइको पुरुषार्थ गाउँदै सुरु भयो सामाचकेवा

छठको समापनसँगै सामाचकेवा पर्व सुरु भएको छ । विशेष गरी नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामाचकेवा कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । छठ जस्तै यो पर्व पनि केही वर्षयता राजधानीमा पनि मनाउन थालिएको छ । दाजुभाइ र दिदीबहिनीबिचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्व दिदीबहिनीले आफ्ना दाजुभाइको सु–स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै मनाउने गर्छन् ।

प्रेम र समर्पणको पर्व सामाचकेवा समापनको सङ्घारमा

मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व समापनको सङ्घारमा छ । मिथिलानी (मिथिलाका नारी) ले  दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पूर्णिमाका दिन समापन गरिने तयारी अहिले बढेको हो । मिथिलामा यो पर्व यसपालि शुक्रबार समापन गरिने छ ।छठ पर्वको खरना (कात्तिक शुक्ल पञ्चमी) का दिन सुरु भएर बोलीचालीमा ‘सामा’ भनिने यो पर्व ११ दिनसम्म मनाइने चलन छ । अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी

दाजुभाइको दीर्घायूको कामना गर्दै मधेशमा सामाचकेवा खेलिँदै

सप्तरी– दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले कार्तिक पूर्णिमाको दिन भोलि २ मंसिर (बिहीबार) सामाचकेवा खेल्दैछन् । तराई मधेश क्षेत्रका दिदीबहिनीले सामाचकेवा खेल्न सामा, चकेवा, भमरा सातभैया, चुग्ला, वृन्दावनलगायत माटोको मानव आकृति बनाई खेल्ने सामग्री तयार पारीसकेका छन् । राजविराज-१ कि २५ वर्षीया सुनिता रजकले सामाचकेवा खेल्नका लागि दुई दिनअघि नै आवश्यक सामग्री बनाई रंगरोगन गरिसकेको […]