पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्टान्न परिकार ख्वाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन्।
११ मंसिर, काठमाडौं । आदिवासी थारू समुदायले काठमाडौंमा सामाचकेवा पर्व मनाएका छन् । दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज पूर्णिमाको दिन सामाचकेवा समापन गरेका छन् । आजै मिथिला क्षेत्रमा पनि सामाचकेवा समापनि गरिएको छ । काठमाडौं उपत्यकामा थारु समुदायका दुई समूहले समाचकेवा पर्व मनाए । थारु महिला समाजले ललितपुरको टीकाथलीस्थित गोदावरी खोलामा […]
११ मंसिर, काठमाडौं । आदिवासी थारू समुदायले काठमाडौंसहित पूर्वी तराईमा आज सामाचकेवा पर्व आज समापन गर्दैछन् । दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज १२औँ दिनमा समापन हुन लागेको हो । आजै मिथिला क्षेत्रमा पनि सामाचकेवा समापनि गरिँदैछ । कात्तिक शुक्ल द्वितिया अर्थात् भाइटीकाको दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन […]
छठको समापनसँगै सामाचकेवा पर्व सुरु भएको छ । विशेष गरी नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामाचकेवा कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । छठ जस्तै यो पर्व पनि केही वर्षयता राजधानीमा पनि मनाउन थालिएको छ । दाजुभाइ र दिदीबहिनीबिचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्व दिदीबहिनीले आफ्ना दाजुभाइको सु–स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै मनाउने गर्छन् ।
छठको समापनसँगै सुरु हुने सामाचकेवा पर्व शुक्रबार सम्पन्न हुँदैछ । नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामाचकेवा छठको समापनको दिन अर्थात् कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ ।
छठजस्तै यो पर्व पनि केही वर्षयता राजधानीमा समेत मनाउन थालिएको छ । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्व दिदीबहिनीहरूले आफ्ना दाजुभाइको सु–स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै मनाउने गरिन्छ ।
वीरगञ्ज घर भई अहिले काठमाडौँको बल्खुमा तरकारी व्यापार गर्दै आउनुभएका रुपवन्ती झाले दाजुभाइको प्रशंसा र पुरुषार्थको चर्चा गर्दै दिदीबहिनीहरूद्वारा यो पर्व मनाइने गरिएको बताउनुभयो । “तराईको लोकनाटकको झझल्को दिने यस पर्वमा ‘सामा’ र ‘चकेवा’ नाम गरेका दुईवटा मुख्य पात्र हुन्छन् । त्यसैगरी, समाजको खलपात्रको प्रतीकका रूपमा चुक्ली लगाउने एउटा अर्को पात्र पनि हुन्छ,” उहाँले भन्नुभयो ।
मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व समापनको सङ्घारमा छ । मिथिलानी (मिथिलाका नारी) ले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पूर्णिमाका दिन समापन गरिने तयारी अहिले बढेको हो । मिथिलामा यो पर्व यसपालि शुक्रबार समापन गरिने छ ।छठ पर्वको खरना (कात्तिक शुक्ल पञ्चमी) का दिन सुरु भएर बोलीचालीमा ‘सामा’ भनिने यो पर्व ११ दिनसम्म मनाइने चलन छ । अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी
मिथिलामा छठ पर्वकै बीच दाजुभाइ दिदीबहिनीबीचको अगाध स्नेह र समर्पणको प्रतीक मानिने ‘सामा–चकेवा’ पर्व सुरु भएको छ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको ‘खरना’ को दिन नै ‘सामाचकेवा’ आज सुरु भएको हो । महोत्तरीसहितका मिथिला क्षेत्रमा बोलीचालीमा ‘सामा’ भनिने रमाइलो खेलको यो पर्व कात्तिक पूर्णिमासम्म मनाइन्छ ।
तराई मधेश क्षेत्रसहित मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामाचकेवा पर्व विधिवत् रूपमा मनाइँदैछ। कार्तिक पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्छ भने ११अौँ दिन पूर्णिमामा राति सामाचकेवाको विसर्जन गरी यो पर्वको समापन हुन्छ।
१० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ&...
मिथिलाञ्चलमा भाइटिकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइ प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजबाट विधिवत रुपमा शुरु भएको छ।
कात्तिक शुक्ल द्वितिया तिथि अर्थात आजदेखि कात्तिक पुर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो।