मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व समापनको सङ्घारमा छ । मिथिलानी (मिथिलाका नारी) ले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पूर्णिमाका दिन समापन गरिने तयारी अहिले बढेको हो । मिथिलामा यो पर्व यसपालि शुक्रबार समापन गरिने छ ।छठ पर्वको खरना (कात्तिक शुक्ल पञ्चमी) का दिन सुरु भएर बोलीचालीमा ‘सामा’ भनिने यो पर्व ११ दिनसम्म मनाइने चलन छ । अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलानी