सरकार फेरिएपछि बजेट कार्यान्वयनमा अलमल : अन्यौलमा कर्मचारी, के हुँदैछ तयारी ?

पूर्ववर्ती सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनमा आउन नपाउँदै सरकार परिवर्तन भएपछि बजेट कार्यान्वयनमा अल्झन देखिएको छ । अध्यादेशबाट आएको बजेट कार्यान्वयनमा कानूनी समस्या नभए पनि वर्तमान सरकार पहिलेकै बजेट कार्यान्वयन गर्न हिच्किचाएको अवस्था छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ मा संवैधानिक व्यवस्थाअनुसार बजेट ल्याउनका लागि पूर्वतयारी गरेका थिए । तर जेठ १५ नआउँदै प्रतिनिधि सभा भंग भएपछि उनले अध्यादेशमार्फत जेठ १५ मा नै बजेट सार्वजनिक गरेका थिए । बजेट कार्यान्वयनका लागि अघिल्ला वर्षहर...

सम्बन्धित सामग्री

कोशीमा अध्यादेशबाट बजेट नल्याउन विपक्षीको खबरदारी

२८ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका हुन् । जेठ ३२ गते सम्भव नभए असार १ गते नै अध्यादेशबाट बजेट ल्याउने उनको तयारी छ । मुख्यमन्त्रीले अध्यादेशबाट बजेट […]

बजेट बनाउने तयारी गर्दै मधेश सरकार

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए।उनले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए। मन्त्री यादवका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ।प्रदेशको अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त

बजेट निर्माणको तयारीमा बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले बजेट अधिवेशनको तयारी सुरु गरेको छ । सरकारले बजेट अधिवेशनको तयारी स्वरुप स्थानीय तहहरूसँग योजना माग गरेको छ ।  लामो समयसम्मको राजनीतिक गतिरोधका कारण अवरुद्ध रहेको प्रदेशसभाको बैठक गत फागुन २९ गतेबाट सुरु भएको छ । उक्त अधिवेशन सुरु हुनुअगावै सरकारले बजेट अधिवेशनको तयारी थालेको हो ।बजेट अधिवेशनको आह्वान हुनुअगावै प्रदेश सरकारले स्थानीय तहसँग आगामी वर्षको बजेटमा समावेश गर्ने योजनाको माग गरेको हो । करिव ३ महिनासम्म अवरुद्ध रहेको संसद् फागुन २९ र ३० गते संचालन भएको थियो भने

बजेट पुनरावलोकन गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनको तयारी गरेको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेट पुनरावलोकन गर्दै प्राथमिकताका आधारमा नयाँ योजना समावेश गर्ने तयारीमा सरकार जुटेको हो । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मंसिरभित्रै बजेट पुनरावलोकन गरी पुस महिनाबाट कार्यान्वयनमा लैजाने गरी काम अघि बढाइने बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गदै मन्त्री आङ्बोले अघिल्लो सरकारले ल्याएको बजेटमा अनुत्पादक क्षेत्रमा छुट्याइएको रकम कट

पूरक बजेट ल्याउने गठबन्धनको तयारी

हेटौंडा : बागमती प्रदेशमा ४४ महिना लामो एमालेको एकल नेतृत्वपछि गठबन्धनको सरकार बनेको छ। एमाले अल्पमतमा परेपछि बागमती प्रदेश सरकारबाट बाहिरिएसँगै गठबन्धनको नेतृत्वमा सरकार बनेको हो।साढे ३ वर्षसम्म सरकारमा बसेको एमालेले ४ वटा नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो। चालु आर्थिक वर्ष ०७८/७९ मा पनि पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले ल्याएको बजेट नै कार्यान्वयन चरणमा छ।चालु आवको बजेट प्रदेशसभाबाट पास गर्दा विरोध गर्दै संसद् अवरुद्ध गरेका दलहरू सरकारमा पुगेपछि बजेट र योजना कार्यान्व

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, असोज ६। खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ ।समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि सरकारी अधिकारीहरूबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता गर्ने गरे पनि खर्च प्रणाली सुध्रन सकेको छैन । बजेट खर्चमा सुधार नभएपछि सरकारले समस्या खोतल्दै खर्चको मोडालिटी बनाउनेदेखि मन्त्रालयहरूलाई थप अख्तियारी दिनेसम्मको तयारी […]

प्रदेश सभामा ‘अल्पमत’मा परेपछि अध्यादेशबाट बजेट ल्याउने छलफलमा लुम्बिनी सरकार

प्रदेशसभा संसदमा ‘अल्पमत’मा परेर बजेट पारित हुन नसक्ने अवस्था देखिएपछि लुम्बिनी प्रदेश सरकार अध्यादेशमार्फत बजेट ल्याउनेबारे छलफलमा जुटेको छ । बजेटमाथिको छलफल सकिएलगत्तै निर्णयार्थ पेश हुने बेला प्रदेशसभा बैठक बहिष्कार गरेको सत्तापक्ष एमालेले प्रदेश प्रमुखमार्फत चालू संसद अन्त्य गराएर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गर्दैछ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले लोकान्तरसँग भने, ‘हामी संसद बहिष्कार गरेर हिँडेको होइन । अझै छलफलको समय नपाएपछि बाहिरिएको हो । अब सरकार अध्यादेशबाट बजेट ल्याउन सक्छ ।’...

गण्डकी प्रदेशमा मुख्यमन्त्रीले नै बजेट भाषणा गर्ने तयारी

पोखरा। गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट भाषण मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै गर्ने तयारी भएको छ। असार १ गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भएकाले नयाँ सरकार गठन भएपछि हतारमा सरकारले नीति तथा कार्यक्रमसहित बजेटको तयारीमा लागेको हो। प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद गठन भए पनि कार्यविभाजन नभएका कारण मुख्यमन्त्री पोखरेलले बजेट वाचन गर्ने तयारी भएको हो।

घटाएर बजेट ल्याउदै सुदूरपश्चिम सरकार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू वर्षभन्दा घटाएर ल्याउने तयारी गरेको छ।प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको हो । संघीय सरकारको बजेटसमेत गरी २८ अर्ब सम्म पुग्ने आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।प्रदेश सरकारका अर्थसचिव झलकराम अधिकारी भन्छन्,‘बजेटको सैद्धान्तिक पक्ष, मन्त्रालय तहको नीति तथा योजना र कार्यक्रम तयार भइसकेको छ। विनियोजन विधेयक, आर्थिक ऐन र मध्यकालिन खर्चको संरचना पनि तयार भइसकेको छ।’बजेट

लुम्बिनीमा आजदेखि बजेट अधिवेशन, मुख्यमन्त्रीको राजीनामा माग्ने तयारी

लुम्बिनी प्रदेशको बजेट अधिवेशन बुधवारदेखि बुटवलमा शुरू हुँदैछ । यो प्रदेशको आठौं अधिवेशन हो । बजेट अधिवेशन भए पनि प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनबाट सरकार अल्पमतमा रहेको भन्दै ४ दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ ।  संसदलाई छलेर सत्ताको आडमा मुख्यमन्त्रीमा पुनः नियुक्त भएको भन्दै विपक्षी गठबन्धनमा रहेका दलका नेताहरूले बैठकमा नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिँदै आवाज उठाउने बताएका छन् ।  तर सरकारले राष्ट्रिय सभाको उपनिर्वाचनको भएको मतदानले प्रदेश सरकारले अल्पम...