प्रदेश सभामा ‘अल्पमत’मा परेपछि अध्यादेशबाट बजेट ल्याउने छलफलमा लुम्बिनी सरकार

प्रदेशसभा संसदमा ‘अल्पमत’मा परेर बजेट पारित हुन नसक्ने अवस्था देखिएपछि लुम्बिनी प्रदेश सरकार अध्यादेशमार्फत बजेट ल्याउनेबारे छलफलमा जुटेको छ । बजेटमाथिको छलफल सकिएलगत्तै निर्णयार्थ पेश हुने बेला प्रदेशसभा बैठक बहिष्कार गरेको सत्तापक्ष एमालेले प्रदेश प्रमुखमार्फत चालू संसद अन्त्य गराएर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गर्दैछ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले लोकान्तरसँग भने, ‘हामी संसद बहिष्कार गरेर हिँडेको होइन । अझै छलफलको समय नपाएपछि बाहिरिएको हो । अब सरकार अध्यादेशबाट बजेट ल्याउन सक्छ ।’...

सम्बन्धित सामग्री

बजेटअघि लुम्बिनी सरकार विस्तार नहुने, बजेट कम हुँदा मन्त्री र सांसदलाई संकट

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटअघि पूर्णता नपाउने भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्रको आन्तरिक किचलोले अहिलेसम्म सरकारले पूर्णता पाएको छैन । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पार्टी कांग्रेसले अझै सबै मन्त्रीको नाम छनोट गर्न सकेको छैन । माओवादीले दिएको मन्त्रीको नाममाथि कांग्रेसले बखेडा झिकेको छ […]

बजेट कार्यान्वयनमा लुम्बिनी सरकार कमजोर

बुटवल । बजेट कार्यान्वयनमा लुम्बिनी प्रदेश सरकार कमजोर देखिएको छ । आफैंले नीति निर्माण गरी कार्यक्रममा राखेका योजनासमेत कार्यान्वयन गर्न नसक्दा प्रदेश सरकार बजेट कार्यान्वयनमा करिब असफल देखिएको हो । प्रदेश र संघको साझा अधिकार सूचीबाट संकलित रकममध्ये संघीय सरकारलाई बुझाएको करबाट आएको रकमसमेत प्रदेश सरकारले खर्च गर्न सकेन । संघीय सरकारले प्रदान गरेको सशर्त […]

लुम्बिनी सरकार बजेट खर्च गर्न असफल : पूर्वमन्त्री चौधरी

१६ चैत, बुटवल । लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले वर्तमान सरकार वजेट खर्च गर्न असफल र निकम्मा भएको बताएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले गरेको पत्रकार सम्मेलनमा संसदीय दलका उपनेता चौधरीले अहिलेको सरकारले एकातिर पुँजीगत खर्च २०–२२ प्रतिशत मात्र गरेको अर्कोतिर झण्डै डेढ अर्ब रुपैयाँ दायित्व सिर्जना गरेको बताए । […]

विपक्षी गठबन्धनको असहयोगपछि अध्यादेशबाट बजेट : लुम्बिनी सरकार

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउनु बाध्यताको उपज भएको बताएको छ । विपक्षी गठबन्धनले असहयोग गरेपछि अध्यादेश ल्याउनु परेको सरकारले बताएको हो । सदनबाट बजेट पारित गर्ने सहमति भए पनि विपक्षी गठबन्धन सहमतिबाट पछाडि हटेकाले सरकारले बाध्यतावश अध्यादेशबाट बजेट ल्याउनु परेको सरकारको दाबी छ ।  सरकारका प्र...

अध्यादेशबाटै बजेट ल्याउँदै लुम्बिनी सरकार, 'यो एकदमै असहज अवस्था हो'

बुटवल : लुम्बिनी प्रदेश सरकारले विपक्षी गठबन्धनले बजेट पास गर्न अवरोध गर्ने संकेत गरेपछि बजेट अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएको छ। बिहीबार मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखले चालू बजेट अधिवेशन अन्त्य गरेका थिए। सरकारले ल्याएको बजेट सहज ढंगले पास हुन नसक्ने भएपछि अध्यादेशबाट बजेट ल्याउनका लागि बजेट…

लुम्बिनीको बजेट अनिर्णित, मुख्यमन्त्री नै वैठक छाडेर हिँडे

३१ असार, बुटवल । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ । अब शुक्रबारदेखि प्रदेश सरकारले राज्यकोषबाट एक रुपैयाँ पनि रकम खर्च गर्न पाउँदैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन सक्ने अनुमान छ । आर्थिक वर्ष ०७७/७८ को अन्तिम दिन बिहीबार मन्त्रीहरुका साथै मुख्यमन्त्री […]

बजेट निर्माणमा जुट्यो लुम्बिनी सरकार

सरकार निर्माणले पूर्णता नपाउँदा अलमलमा रहेको लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा जुटेको छ । सरकारले पूर्णता पाएपछि लुम्बिनी प्रदेश सरकारले बजेट निर्माणको लागि रायसुझाव सङ्कलन थालेको छ । सल्लाह सुझावका आधारमा सरकारले अधुरा योजनालाई पूरा गर्ने गरी बजेट निर्माणको काम थाल्ने भएको छ ।