बागमती प्रदेश सरकारले बजेट अधिवेशनको तयारी सुरु गरेको छ । सरकारले बजेट अधिवेशनको तयारी स्वरुप स्थानीय तहहरूसँग योजना माग गरेको छ । लामो समयसम्मको राजनीतिक गतिरोधका कारण अवरुद्ध रहेको प्रदेशसभाको बैठक गत फागुन २९ गतेबाट सुरु भएको छ । उक्त अधिवेशन सुरु हुनुअगावै सरकारले बजेट अधिवेशनको तयारी थालेको हो ।बजेट अधिवेशनको आह्वान हुनुअगावै प्रदेश सरकारले स्थानीय तहसँग आगामी वर्षको बजेटमा समावेश गर्ने योजनाको माग गरेको हो । करिव ३ महिनासम्म अवरुद्ध रहेको संसद् फागुन २९ र ३० गते संचालन भएको थियो भने