हेटौंडा : बागमती प्रदेशमा ४४ महिना लामो एमालेको एकल नेतृत्वपछि गठबन्धनको सरकार बनेको छ। एमाले अल्पमतमा परेपछि बागमती प्रदेश सरकारबाट बाहिरिएसँगै गठबन्धनको नेतृत्वमा सरकार बनेको हो।साढे ३ वर्षसम्म सरकारमा बसेको एमालेले ४ वटा नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो। चालु आर्थिक वर्ष ०७८/७९ मा पनि पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले ल्याएको बजेट नै कार्यान्वयन चरणमा छ।चालु आवको बजेट प्रदेशसभाबाट पास गर्दा विरोध गर्दै संसद् अवरुद्ध गरेका दलहरू सरकारमा पुगेपछि बजेट र योजना कार्यान्व