झापा : नेपालमा प्रतिबन्धित पंगास माछाको भुरा तस्करी माध्यमबाट भित्रिने क्रम अझै रोकिएको छैन। झापा र इलामका विभिन्न स्थानीय तहका माछा पोखरीमा माग बढ्दो रहेकोले सीमा नाका सिल र निषेधाज्ञामा पनि तस्कर समूहले अवैध रूपमा पंगास माछाको भुरा भित्र्याइरहेका छन्।यसैक्रममा सशस्त्र प्रहरीले बुधबार बिहान ४ बजे दुई क्विन्टल पंगास माछाको भुरासहित एउटा पीकअप गाडी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरबाट खटिएका सशस्त्रको टोलीले विशेष सूचनाको आधारमा बुधवार बिहान ४ बजे मेच