अष्ट्रेलियाले कोरोना महामारीबाट जोगिन भारतबाट देश फर्कने आफ्नै नागरिकलाई जेल सजायसम्म दिनसक्ने भएको छ। कोरोना महामारीले भयावहता निम्त्याएको भारतबाट आएका मानिसलाई निर्वाध प्रवेश दिँदा त्यहाँ पनि उस्तै संकट निम्तने हुनाले अष्ट्रेलियाले यस्तो सजाय प्रस्ताव गरेको हो। यतिखेर भारतबाट अष्ट्रेलिया जाने जो कोहीले पाँच वर्षसम्म जेल सजाय भोग्नुपर्ने या भारी रकम जरिवाना तिनुपर्नेछ। अष्ट्रेलिया सरकारले भारतबाट त्यहाँसम्म हुने यात्रामा अस्थायी प्रतिबन्ध लगाइसकेको छ। यो प्रतिबन्ध तोड्नेले जेल या