नेपालगञ्जबाट ७ किलोमिटर दूरीमा रहेको जमुनाहा नाकामा अहिले भारतबाट फर्कने नेपालीहरूको भिड देखिन्छ । दैनिक ४ हजारभन्दा बढी नेपाल सो नाका हुँदै भारतबाट आउने गरेका छन् । कर्णाली प्रदेशबाट भारत जाने अधिकांशले यो नाका प्रयोग गर्दछन् । त्यस अतिरिक्त लुम्बिनी प्रदेशकै कतिपय जिल्लाका नागरिक पनि भारत जान र उताबाट आउन यो नाका प्रयोग गर्दछन् ।नाकामा भारतबाट आउने नेपालीहरूको लर्को देख्दा उनीहरू चुनावका लागि आएका हुन् कि भनेर अनुमान गर्न सकिन्छ । तर, उनीहरू भने चुनावका लागि नभई आफूहरू खेतीपातीका लागि आएको बता