पर्सा : हरेक स्थानीय तहले न्याय सम्पादन गर्दै आएको भनिए पनि स्थानीय सरकारका ढोकामा न्याय सम्पादन अविश्वासिलो हुने अदालतमा थपिएका मुद्दाको चापले देखाएको छ।मानिसमा गरिखानेभन्दा ठगीखाने प्रवृतिको विकास र अत्यावश्यक चाहनाको चाङले पछिल्ला समयमा न्याय सम्पादन गर्ने निकायमा झगडियाका मुद्दा बढी पुग्ने गरेका छन्।त्यसमा पनि स्थानीय सरकारको ढोकामा विश्वासिलो न्याय नपाइने ठहरले न्यायालयमा नै मुद्दाको चाप बढिरहेको पाइएको हो। चार महिनामै आधा आँकडा पारपर्सा जिल्ला अदालतमा गएको चार महिनामा दर्ता भएका