काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ ।
निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका र सहरका ठाउँठाउँमा बिहानदैखि प्रहरी परिचालन गरिएको छ । अत्यावश्यक बाहेकका गाडी नचलाउन र अनुमतिवाहकले पनि गाडीमा देखिने गरी सेवा क्षेत्र उल्लेख गरेर परिचयपत्र भिरेर हिँड्न प्रहरीले आग्रह गरेको छ ।
संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञाको आदेश पालना नगरेमा एक महिनासम्म कैद व...