बरहथवा काण्ड: मृतकलाई शहिद घोषणादेखि मेयरलाई कारबाही गर्नुपर्नेसम्मको माग (भिडिओ)

जनकपुरधाम । सर्लाहीको बरहथवामा भएको झडपपछि प्रहरीले चलाएको गोली लागेर मृत्य’ भएका जयशंकर साहको आफन्तले ८ बुँदे माग राखेको छ । मृतक साहका भान्जा विवेकले शहिद घोषणादेखि मेयरलाई कारबाही गर्नुपर्नेसम्मको माग राखेका हुन् । उनले माग पुरा नभएसम्म शव सडकमै राखेर प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । मृतक साहलाई शहिद घोषणा गर्नुपर्ने, मेयर कल्पना […]

सम्बन्धित सामग्री

बरहथवा घटना : प्रदर्शन रोकिएन‚ सिडिओसहित टोली घटनास्थल पुग्दै

सर्लाही : गोली लागेर एक युवाको मृत्यु भएपछि अशान्त बनेको सर्लाहीको बरहथवा बजारमा स्थानीय बासिन्दाले प्रदर्शन जारी राखेका छन्।शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका–६ निवासी ३० वर्षीय जयशंकर साहको शव अझै घटनास्थलबाट उठेको छैन। स्थानीयले घटनाको छानबिन, मृतकको शालिक निर्माण, दोषी प्रहरीलाई कारबाही सहितको माग राखेर २४ घण्टादेखि शव उठाउन नदिएका हुन्।शनिबार बिहानैदेखि स्थानीयले टायर बालेर प्रदर्शन जारी राखेका छन्। तनावका कारण बरहथवा बजार दोस्रो दिन शनिबार पनि बन्द छ भने

पैदल हिँडेका चिकित्सकमाथि ट्राफिक प्रहरीको आक्रमण

ललितपुरमा ट्राफिक प्रहरी जवानले चिकित्सकलाई कुटेका छन् । असार १३ मा राति आरोग्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङ कुटिएका हुन् । सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–१ घर  भएका चिकित्सकलाई ललितपुर महानगरपालिका–१३ कुसुन्तीमा ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेका हुन् । पैदल हिँडिरहेका चिकित्सक आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने माग सहित पीडितका दाइले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन् । राति पौने ९ बजेतिर चेकिङमा रहेका जवा