काठमाण्डाै – ट्राफिक नियम उल्लङ्घन गरेर गाडी चलाउने ११ सय ७३ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जाँडरक्सी खाएर गाडी चलाउने, कागजात नबोकेका, दुर्घटना हुन सक्ने गरी चलाएका र होलीको बहानामा लापर्बाही गर्ने ११ सय ७३ जना चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसमध्ये ३३ जनाले दिउँसै जाँडरक्सी खाएर गाडी चलाएका थिए । यस्तै ट्राफिक प्रहरीले चार सय ५८ वटा गाडीलाई सडकमै होल्ड गरेको छ । हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु राखेर गाडी चलाउने लगायत कसुरमा चार सय ४८...