ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान हुँदैछ । शनिबार देशका १ करोड ९५ लाख मतदाताले आफ्नो मनपर्ने उम्मेदवारलाई मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति साई इङ-वेनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेकाले यस निर्वाचनबाट देशले नयाँ राष्ट्रपति पाउने निश्चित छ। नियमअनुसार अब उनी तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुन सक्दैनन् । सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) […]