काठमाडौं : इक्वेडरमा कडा सुरक्षाका बीच राष्ट्रपतीय र संसदीय निर्वाचनका लागि मतदान सम्पन्न भएको छ। निर्वाचन अभियानका क्रममा राष्ट्रपति पदका उम्मेदवारको हत्या भएको घाउ मेटिन नपाउँदै ठूलो संख्यामा सैनिक र प्रहरी परिचालन गरी मतदान सम्पन्न गरिएको बीबीसीले उल्लेख गरेको छ। निर्वाचनमा वामपन्थी उम्मेदवार लुइसा गोन्जालेज र व्यापारिक पृष्ठभूमिका ड्यानियल नोबोआले ३३ र २४ प्रतिशत मत प्राप्त गरेका छन्। मतगणनाको प्रारम्भिक नतिजाले राष्ट्रपति पदका लागि दोस्रो चरणमा मतदान हुने देखाएको छ। पूर्वबैंक