काठमाडौं : आगामी राष्ट्रपतिको यही फागुन २५ गते हुने चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्माण गरेको छ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनका लागि २ वटा निर्वाचन केन्द्र बनाइएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन्।निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको हो। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ जना र प्रदेशसभाका ५ सय ५० जना सदस्य म