यी हुन् राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाता (नामावलीसहित)

काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको नामावली सार्वजनिक गरेको छ। आयोगले आज मतदाता नामावली सार्वजनिक गरेको हो। आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी मिति तय गरेको छ। निर्वाचनका लागि यही फागुन ८ गतेदेखि नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको […]

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचन : आयोगले तयार पार्यो मतदान केन्द्र

काठमाडौं : आगामी राष्ट्रपतिको यही फागुन २५ गते हुने चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्माण गरेको छ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनका लागि २ वटा निर्वाचन केन्द्र बनाइएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन्।निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको हो। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ जना र प्रदेशसभाका ५ सय ५० जना सदस्य म

भारतमा राष्ट्रपति निर्वाचन सम्पन्न, २१ जुलाईमा मतपरिणाम आउने

भारतमा राष्ट्रपति पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार राष्ट्रपति निर्वाचनमा ४८०० मतदाता रहेकोमा ४७९६ जना अर्थात ९९ प्रतिशतले मतदान गरेका छन् । आयोगका अनुसार ११ राज्य र केन्द्र शासित प्रदेशमा शतप्रतिशत मतदान भएको छ । यस निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले आदिवासी नेतृ द्रौपदी मुर्मुलाई उम्मेदवार बनाएको छ ।भाजपाका पूर्व नेता यशवन्त सिन्हा विपक्षी दलबाट उम्मेदवारी दिएर चुनाव लडेका छन् । निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनकी उम्मेदवार मुर्मु विजय निकट रहेको भ

फिलिपिन्समा राष्ट्रपति निर्वाचन

एजेन्सी । फिलिपिन्समा राष्ट्रपति चयनका लागि आज मतदान सुरु भएको छ । नयाँ राष्ट्रपति चयन गर्न लाखौँ मतदाता मतदानमा सहभागी भएका छन् । निर्वाचनमा पूर्वतानाशाहका छोरा फर्डिनान्ड बोन्बोङ मार्कोस जुनियर विजयी हुने आँकलन गरिएको छ । मार्कोसका निकटतम प्रतिद्वन्द्वी लेनी रेब्रेडो छन् । उनले सन् २०१६ को उप–राष्ट्रपतिको चुनावमा मार्कोसलाई पराजित गरेका थिए ।

राष्ट्रपति निर्वाचन आज

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि बिहीबार मतदान हुँदै छ । मतदान स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको सबै तयारी पूरा भएको छ । राष्ट्रपति निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले सम्पूर्ण तयारी पूरा भएको बताउँदै बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जानकारी दिनुभयो । सङ्घीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य मतदाता रहेको एउटा मतदान केन्द्र र प्रदेश सभा सदस्य मतदाता रहेको अर्को गरी दुईवटा मतदान केन्द्र तोकिएका छन् ।

राष्ट्रपति निर्वाचन : मतदान सकियो, आजै परिणाम आउने

निर्वाचन आयोगले आजै चार बजेबाट राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना गर्ने जानकारी दिएको छ। राष्ट्रपति चयनका लागि बिहान १० बजे देखि ३ बजेसम्म नयाँ बानेश्वरमा मतदान भएको थियो। निर्वाचन आयोगले उम्मेद्वारका प्रतिनिधि टुङ्गो लागेपछि बानेश्वरमै मतगणना प्रारम्भ हुने जानकारी दिएको छ। ८ सय ८० मतदाता मध्ये संघीय संसदका ५ र प्रदेश संसदका १४ जना…