म्याग्दी : म्याग्दीका एक पुरुष ४२ वर्षपछि परिवारको सम्पर्कमा आएका छन्। २५ वर्षको उमेरमा रोजगारीका लागि भारत गएका बेनी नगरपालिका–१ अर्जम गैराटोलका धनबहादुर विक परिवारबाट सम्पर्कविहीन भएका थिए।उनी श्रीमती र एक छोरालाई छोडेर आफन्तको सहयोगमा भारतीय सेनामा भर्ती हुन हिँडेका थिए। तर, सपना पूरा नभएपछि भारतको जम्मू–कश्मीर राज्यको रामबन भन्ने ठाउँमा बसेर ज्याला मजदुरी र चौकीदारको रुपमा काम गरेको उनले बताए ।सडक विस्तारमा आवश्यक पर्ने सामान सवारीसाधनबाट निकाल्दै गर्दा एउटा खुट्टा गुमाएका धनबहाद