काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा फितलो प्रतिरक्षा गरेको भन्दै टिकाटिप्पणी हुन थालेपछि पटक–पटक हल्ला चल्यो–‘महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिँदै छन् ।’ हल्लाकै बीच प्रतिनिधिसभालाई सर्वोच्च अदालतले ब्यूँताएको करिब एक महिनापछि महान्यायाधिवक्ता खरेलले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरे । ‘राजीनामा किन लुकेर दिने, तपाईंहरुसँग फेस टु फेस कुरा गरेरै घोषणा गर्न बोलाएको हुँ’ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै