मीनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा

काठमाण्डाै - रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गर्नुभएको छ । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना भइरहँदा रिजाल पछि पर्नुभएको छ । — Minendra Rijal (@MinendraRijal) December 16, 2021 उहाँले महामन्त्री पदको मतगणना भइरहँदा स्पष्ट सन्देश प्राप्त भएकाले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताउनुभएको छ ।

सम्बन्धित सामग्री

चार बजे पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री मीनेन्द्र रिजाल

काठमाडौं । रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले आज चार बजे पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन रक्षा मन्त्रालयमै आयोजना गरिएको रिजालको सचिवालयले जानकारी दिएको छ । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस […]