नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलन गर्ने घोषणा गरेको छ । बारले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन औपचारिकरुपमा आग्रह गर्दै उनले राजीनामा नदिएको खण्डमा नेपालभरका बार एकाइमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट गरेको हो ।
बारले सल्लाहकार समिति समेतको सुझावको आधारमा प्रधानन्यायाधीशको राजीनामा मागेको हो । ‘प्रधानन्यायाधीशज्यू निरन्तररुपमा एकपछि अर्को विवादमा तानिनु भएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आ...