जगदम्बा मोटर्सले एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको माइलस्टोन मनाउन सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको छ ।यो राइड नक्सालको टिभियस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म भएको हो । राइडको बीचमा ललितपुरको महालक्ष्मीस्थान, भक्तपुरको कौशलटार र भक्तपुरका टिभियसका शोरुमका बिवक्रेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो ।भेन्युमा पुगे लगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठसँगको लाइभ म्युजिक, […]
काठमाडौं (अस) । नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्य पुगेको अवसरमा एनटर्कियनका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको छ । नक्साल टीभीएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म राइड आयोजना गरिएको हो ।
कार्यक्रममा कलाकार रोजिलिन श्रेष्ठको लाइभ म्युजिक, मनोरञ्जक खेल र सहभागीसँग अन्तरक्रियात्मक सत्र आयोजना गरिएको कम्पनीले बताएको छ । सेलिब्रेसनको मुख्य उद्देश्य दर्ता गरिएकामध्ये चुनिएका एनटर्कियनलाई एकै ठाउँ ल्याएर एनटर्कियन क्लब गठन गर्नु रहेको थियो । यसले सबै राइडरलाई एनटर्कियन अनुभव एकअर्कासँग बाडँ्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।
लाइसेन्स भएका सबै एनटर्कियनले कम्पनीको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर सेलिब्रेसन राइडमा भाग लिएका थिए । टीभीएस परिवारमा ५०,००० सदस्य पुगेको घोषणा आयोजना गरिएको कार्यक्रम सफल भएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए । कम्पनीले सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटर बिक्री सुरु गरेको थियो ।
काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्कमा ५० हजार सदस्यहरु पुगेको खुसियालीमा सेलिब्रेसन राइडको आयोजन गरेको छ । यो राइड असोज १६ गते नक्सालको टीभीएस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुने छ । सेलिब्रेसनको मुख्य उद्देश्यसबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्ने रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले यस्ता कार्यक्रमले कम्पनीसँग आवद्ध हरेक ग्राहकको हौसला बढाउने बताए ।