जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

काठमाडौं (अस)  । नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्य पुगेको अवसरमा एनटर्कियनका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको छ । नक्साल टीभीएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म राइड आयोजना गरिएको हो । कार्यक्रममा कलाकार रोजिलिन श्रेष्ठको लाइभ म्युजिक, मनोरञ्जक खेल र सहभागीसँग अन्तरक्रियात्मक सत्र आयोजना गरिएको कम्पनीले बताएको छ । सेलिब्रेसनको मुख्य उद्देश्य दर्ता गरिएकामध्ये चुनिएका एनटर्कियनलाई एकै ठाउँ ल्याएर एनटर्कियन क्लब गठन गर्नु रहेको थियो । यसले सबै राइडरलाई  एनटर्कियन अनुभव एकअर्कासँग बाडँ्न सहयोग पुग्ने विश्वास कम्पनीको छ । लाइसेन्स भएका सबै एनटर्कियनले कम्पनीको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर सेलिब्रेसन राइडमा भाग लिएका थिए । टीभीएस परिवारमा ५०,००० सदस्य पुगेको घोषणा आयोजना गरिएको कार्यक्रम सफल भएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए । कम्पनीले सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटर बिक्री सुरु गरेको थियो ।

सम्बन्धित सामग्री

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म ...

जगदम्बा मोटर्सले एनटर्किएन राइडको आयोजना गर्ने

टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको अवसर मनाउन सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गरेको छ ।यो राइड यही असोज १६ गते नक्सालको टीभीएस शो रुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटेलसम्म हुने कम्पनीले जनाएको छ ।भेन्युमा पुगेलगत्तै लाइभ म्युजिक, मनोरञ्जनात्मक खेलहरू र सहभागीहरूसँग एक […]