जगदम्बा मोटर्सद्वारा एनटर्कियन राइडको आयोजना

काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्कमा ५० हजार सदस्यहरु पुगेको खुसियालीमा सेलिब्रेसन राइडको आयोजन गरेको छ । यो राइड असोज १६ गते नक्सालको टीभीएस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुने छ । सेलिब्रेसनको मुख्य उद्देश्यसबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्ने रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले यस्ता कार्यक्रमले कम्पनीसँग आवद्ध हरेक ग्राहकको हौसला बढाउने बताए ।  

सम्बन्धित सामग्री