कुमारी बैंकको बचत खातामा १० गुणा सम्मको प्रतिफल

कुमारी बैंक लिमिटेडले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाहरुको घोषणा गरेको छ । सो योजनामा ईच्छुक व्यक्ति तथा संघसंस्थाहरु समावेश हुन सक्ने बैंकले जनाएको छ  ।बैंकका अनुसार उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्था तर्फ लक्षित छन् । सो निक्षेप योजना अनुसार व्यक्ति तथा संघसंस्थाहरुले तोकिएको अवधि समाप्ती पछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल (नियमानुसार लाग्ने करकट्टी पश्चात्) प्राप्त गर्न सक्ने छन् ।व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत  निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्ने बैंकले जनाएको छ।यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ्ग प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्नेे हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधकोे स्थितिमा केहि सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ ।  बैंकले १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४५ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकको ‘सोचे जस्तै बैंक खाता’ योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकलाई बचत तथा मुद्दति दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ खातामा ग्राहकको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत गर्न सक्नेछ । यसका साथै, ‘सोचे […]

ग्लोबल आईएमई बैंकको ‘सोंचे जस्तै बैंक खाता’ सञ्चालनमा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोंचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत हुन सक्ने बैंकले जनाएको […]

मुक्तिनाथ विकास बैंकको नयाँ बचत खाता

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ता ग्राहकलाई लक्षित गरी सर्वाधिक ब्याजदर र मासिक ब्याज आर्जन हुने  मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले मात्र १० हजार रुपैयाँ मौज्दातमै बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । बचत खातामा बैंकले ग्राहकलाई वार्षिक ब्याजदर ७ं.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी दिनेछ । यसबाट ग्राहकले लाभ लिन सक्ने र व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकलाई लाभ पुग्ने विश्वास बैंकको छ ।

मुक्तिनाथ बैंकले ७.३५ प्रतिशत वार्षिक ब्याजदर दिने

मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याज दिने नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ । यस बचत खातामा बैंकले ग्राहकहरुलाई वार्षिक ब्याजदर ७.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने जनाएको छ । बैंकले न्यूनतम लगानीमा उच्च प्रतिफल खोज्ने ग्राहकका लागि यो खाताले फाइदा पुग्ने जनाएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्

मुक्तिनाथले ल्यायो उत्कृष्ट बचत खाता, दुर्घटना बीमा र मासिक ब्याज सहितका सुविधा

मुक्तिनाथ विकास बैंकले  “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।  यस खातामा बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गरिने , रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा प्रदान गरिने र मासिक ब्याज दिईने बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरुले मात्र रु १०,०००÷– को न्यूनतम मौजदातमै यस खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निशूल्क डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज

काठमाडौं अस) । ग्लोबल आइएमई बैंकको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम ८ दशमलव शून्य १ प्रतिशतसम्म ब्याज पाइने भएको छ । असार १ गतेदेखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकलाई वार्षिक ८ दशमलव शून्य १ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउनेछ । मुद्दती खाता बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी सुरक्षित रही घरबाटै खोल्न सकिनेछ । बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्चतम प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको छ । हाल बैंकले २७३ शाखा, २४७ एटीएम, २५७ शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१% ब्याज पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम ८.०१ प्रतिशतसम्म ब्याज पाइने भएको छ । असार १ गतेदेखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जनाएको छ । साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिनेछ । बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्चतम प्रतिफल, कर्जामा विशेष सहु

पेन्सन होल्डरलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा

ग्लोबल आइएमई बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यस खाताअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ । यो खाताले निवृत्तिभरण पाइरहनु भएका व्यक्तिलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत […]

महालक्ष्मी विकास बैंकको वैभब बचत खाता

महालक्ष्मी विकास बैंकले आकर्षक ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकको २७औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको हो । कुनै पनि शाखामा उपस्थित नभई आफू रहेको स्थानबाट नै ग्राहकले यो सेवा लिनसक्ने बैंकले जानकारी दिएको छ ।उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभब बचत खातामा […]