काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ता ग्राहकलाई लक्षित गरी सर्वाधिक ब्याजदर र मासिक ब्याज आर्जन हुने मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको छ ।
ग्राहकले मात्र १० हजार रुपैयाँ मौज्दातमै बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । बचत खातामा बैंकले ग्राहकलाई वार्षिक ब्याजदर ७ं.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी दिनेछ । यसबाट ग्राहकले लाभ लिन सक्ने र व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकलाई लाभ पुग्ने विश्वास बैंकको छ ।