काठमाडौं अस) । ग्लोबल आइएमई बैंकको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम ८ दशमलव शून्य १ प्रतिशतसम्म ब्याज पाइने भएको छ ।
असार १ गतेदेखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकलाई वार्षिक ८ दशमलव शून्य १ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउनेछ । मुद्दती खाता बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी सुरक्षित रही घरबाटै खोल्न सकिनेछ । बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्चतम प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको छ ।
हाल बैंकले २७३ शाखा, २४७ एटीएम, २५७ शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।