मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याज दिने नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ । यस बचत खातामा बैंकले ग्राहकहरुलाई वार्षिक ब्याजदर ७.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने जनाएको छ । बैंकले न्यूनतम लगानीमा उच्च प्रतिफल खोज्ने ग्राहकका लागि यो खाताले फाइदा पुग्ने जनाएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्