मुक्तिनाथले ल्यायो उत्कृष्ट बचत खाता, दुर्घटना बीमा र मासिक ब्याज सहितका सुविधा

मुक्तिनाथ विकास बैंकले  “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।  यस खातामा बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गरिने , रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा प्रदान गरिने र मासिक ब्याज दिईने बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरुले मात्र रु १०,०००÷– को न्यूनतम मौजदातमै यस खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निशूल्क डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

सम्बन्धित सामग्री

कुमारी बैंकद्वारा दुर्घटना बीमा बापतको रकम हस्तान्तरण

कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखामार्फत यो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावालसहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको […]

एनआईसी एशिया बैंकद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको ३० लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । सर्वश्रेष्ठ बचत खाता खोलेका तीन जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि पीडितका परिवारलाई १० लाख रुपैयाँका दरले बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकका अनुसार दुर्घटनामा परी मृत्यु भएका शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, टंक प्रसाद […]

‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा

नेपाल बैंकले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ । सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सुविधा दिइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ५० प्रतिसत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुबिधाहरु पाउने छन् ।

नेपाल बङ्गलादेश बैंकद्वारा दुर्घटना बीमा भुक्तानी

नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु. एक लाख हस्तान्तरण गरेको छ । ग्राहक स्व. महमुदा खातुनकी छोरी मसउदा खातुनलाई सो रकम प्रदान गरिएको बैंकले जनाएको छ । महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी  शाखामा खाता खोली कारोबार गर्दै आएकी थिइन् भने उनको गत कात्तिक ६ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।  यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकद्वारा बीमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले दुर्घटनामा परी मृत्यु भएका आफ्नो खातावालाको एक पीडित परिवारलाई दुर्घटना बीमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सानिमा बैंकको धनगढी शाखामा सानिमा दीर्घायु बचत खाता अन्तर्गत दीर्घायु तलब बचत खाता खोलेका गणेशप्रसाद ओझाको दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु भएका उनकी श्रीमती कमली पन्त ओझालाई दुर्घटना […]

सनराइज बैंकको नयाँ बचत खाता

काठमाडौं (अस) । सनराइज बैंकले  ग्राहक सुविधालाई ध्यानमा राखी  नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । सन्राइज सम्पूर्ण बचत खातामा ग्राहकले उच्चतम ब्याजदर पाउनुका साथै विभिन्न सेवाको फाइदा लिन सक्नेछन् । उक्त खातामा बैंकले पाँच वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिनेछ । एक वर्षका लागि डिम्याट खाता एवं मेरो शेयरको शुल्क लाग्ने छैन भने  अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुटसमेत पाइनेछ । बचत खातामा ग्राहकले ८०,००० सम्मको अस्पताल भर्ना खर्च र २०,००० सम्मको ओपीडी खर्च बीमाका साथै ५ लाखसम्मको दुर्घटना बीमा सुविधा पाउन सक्ने बैंकले बताएको छ । बैंकका अनुसार अस्पताल भर्ना बीमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिनेछ । स्वास्थ्य बीमा योजना भारतका विभिन्न अस्पतालमा उपचार गराउँदासमेत दाबी गर्न सकिनेछ । बैंकले हाल १३९ शाखा, १२ एक्सटेन्सन काउन्टर, १५७  एटीएम र ८३ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल बङ्गलादेश बैंकद्वारा १ लाखको दुर्घटना बीमा भुक्तानी

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम १ लाख ग्राहक स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको छ । स्व. दिनेश श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका छन् । उक्त १ लाखको चेक नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका शाखा […]

सानिमा बैंकको दीर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बीमा भुक्तानी

काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला उनकी श्रीमती तनमाया घर्तीपुनलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको बैंकले जनाएको छ । बीमाको रकम  घर्तीपुनलाई सानिमा बैंक अमरसिंह शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरे । मृतक हिमप्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दीर्घायु बचत खाता ख

समृद्धि फाइनान्समा बीमासहितको बचत खाता

काठमाडौं (अस) । समृद्धि फाइनान्सले ग्राहकलाई बचत र बीमा दुवै  सेवा दिने गरी समृद्धि सुरक्षित जीवन बचत खाता सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत समृद्धि सुरक्षित जीवन बचत खाता (सरल) र समृद्धि सुरक्षित जीवन बचत खाता (स्वर्णिम) नामक दुई वटा बचत खाता छन् । समृद्धि सुरक्षित जीवन बचत खाता (सरल) मा न्यूनतम १० हजार रुपैयाँ राख्नुपर्नेछ र ७ लाखसम्मको दुर्घटना बीमा सुविधा पाइनेछ । समृद्धि सुरक्षित जीवन बचत खाता (स्वर्णिम) मा न्यूनतम ५० हजार रुपैयाँ राख्नुपर्ने र ७ लाखसम्मको दुर्घटना बीमा तथा १ लाखसम्मको औषधोपचार बीमा सुविधा पाइनेछ । हाल पाँच शाखामार्फत कारोबार गर्दै आएको कम्पनीले आगामी दिनमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएको छ ।