सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खान निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा निस्केका छन् । निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) को खण्ड ४ मा स्थानीय कार्यपलिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा सम्बन्धित राजनितिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन पाइँदैन ।तर, मेयर खान रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण र लोसपाका सन्तोष पाण्डेसँगै घरदैलोमा हिँडेका छन् । सिद्धार्थनगरकै वड