आचारसंहिता उल्लङ्घन : कारबाही गर्न तिलोत्तमाका मेयर घिमिरेको निर्वाचन आयोगलाई चुनौती

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा बहाल रहेरै एमालेको चुनाव प्रचारमा सक्रिय वासुदेव घिमिरेले आफूलाई कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका छन् । निर्वाचन आचारसंहिता विपरीत उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेका छन् । उनी दिनहुँ एमाले उम्मेदवार मोहन चापागाईँ र जागेश्वरीदेवी चौधरीको चुनाव प्रचारमा खटिएका छन् । […]