निर्वाचन आचारसंहिता विपरीत हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत नेकपा एमालेको विभिन्न समितिले आयोजना गरेको चुनावी कार्यक्रममा मतदातालाई प्रभावित पार्ने प्रकृतिका कार्यमा सक्रिय देखिएका छन् ।शुक्रबार उनी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ को चुनावी कार्यक्रममा सहभागीमात्र भएनन्, सम्बोधन पनि गरे । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग